मंगलबार , असार ३, २०८२

सरकारले कक्षा १२ को परीक्षा स्थगन गर्ने तयारी गरेकाे छ। काेराेना संक्रमण बढ्दै गएकाे अवस्थालाई ध्यानमा राखेर सरकारले परीक्षा स्थगन गर्न सिफारिस गरेको हो।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार यथास्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने जानकारी दिएका छन्।

उनले परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको जानकारी दिए।

‘कोभिड–१९ संक्रमण फैलिँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं,’ उनले सामाजिक सञ्चालमा लेखेका छन्,‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको जानकारी गराउँछु।’

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।   चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिने तालिका थियो।

यस सम्बन्धमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डले बैठक बाेलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP