मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटी सदस्यहरूको बैठकले चारवटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद् पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको फैसलाको स्वागतसहित चारवटा निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

बैठकले पारित गरेको ४ प्रस्ताव
१) सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको फैसलाको स्वागत,

२) पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेको अवस्थामा पार्टीका वरिष्ठ नेतालगायत विभिन्न नेताहरूमाथि अनेकौँ प्रकारको टिप्पणी र लाञ्छना लगाउने काम उचित र मर्यादित होइन । यसप्रति यो बैठक दुःख व्यक्त गर्दछ । यस्तो लाञ्छना लगाउने काम कतैबाट हुनुहुँदैन । त्यसैले विचार व्यक्त गर्दा सम्पूर्ण पार्टीपंक्ति संवेदनशील र जिम्मेवार हुनु आवश्यक छ ।

३) पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेको अवस्थामा एक पक्षीय ढंगले सदस्यता नवीकरण, अभिलेखन र पुनर्गठन र सम्मेलन गर्नेजस्ता काम अघि बढाउनु एकतालाई भाँजो हाल्ने काम हुन जान्छ । त्यसैले तत्काल सदस्यता नवीकरण लगायतका सबै गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।

४) अहिलेसम्म भएका १० बुँदे सहमति लगायतका सहमतिहरूले एकताको आधार निर्माण गरेका छन् । १० बुँदे लगायतका सहमतिहरूलाई कार्यान्वयन गर्दै एकताका थप आधार तयार पार्न कुराकानी र वार्ता निरन्तर भइरहेको छ । हामीले पार्टीलाई एकताबद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ । यस सम्बन्धमा थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP