आइतबार , बैसाख ७, २०८२

नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटी सदस्यहरूको बैठकले चारवटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद् पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको फैसलाको स्वागतसहित चारवटा निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

बैठकले पारित गरेको ४ प्रस्ताव
१) सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको फैसलाको स्वागत,

२) पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेको अवस्थामा पार्टीका वरिष्ठ नेतालगायत विभिन्न नेताहरूमाथि अनेकौँ प्रकारको टिप्पणी र लाञ्छना लगाउने काम उचित र मर्यादित होइन । यसप्रति यो बैठक दुःख व्यक्त गर्दछ । यस्तो लाञ्छना लगाउने काम कतैबाट हुनुहुँदैन । त्यसैले विचार व्यक्त गर्दा सम्पूर्ण पार्टीपंक्ति संवेदनशील र जिम्मेवार हुनु आवश्यक छ ।

३) पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेको अवस्थामा एक पक्षीय ढंगले सदस्यता नवीकरण, अभिलेखन र पुनर्गठन र सम्मेलन गर्नेजस्ता काम अघि बढाउनु एकतालाई भाँजो हाल्ने काम हुन जान्छ । त्यसैले तत्काल सदस्यता नवीकरण लगायतका सबै गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।

४) अहिलेसम्म भएका १० बुँदे सहमति लगायतका सहमतिहरूले एकताको आधार निर्माण गरेका छन् । १० बुँदे लगायतका सहमतिहरूलाई कार्यान्वयन गर्दै एकताका थप आधार तयार पार्न कुराकानी र वार्ता निरन्तर भइरहेको छ । हामीले पार्टीलाई एकताबद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ । यस सम्बन्धमा थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP