मंगलबार , बैसाख २९, २०८३

देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ ।

बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताए । प्रयोगात्मक विषय समावेश नगरीकनै पनि अधिकांश विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ल्याएपछि बोर्डको बिहीबार बसेको बैठकमा गम्भीर छलफल भएको थियो ।

स्रोतका अनुसार विशेष गरी उपत्यकाका तीनै जिल्लाका विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको भेटिएको थियो भने तराईका ८ जिल्लाका विद्यालयले पनि आफ्ना विद्यार्थीलाई मनोमानी अंक दिएको भेटिएको थियो ।

केही दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तालिकासहित बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २४ विद्यालयको यस्तो अवस्था देखेपछि तत्काल छानबिन गर्ने निर्णय गरेको छ । बोर्डको भर्चुअल बैठकमा अचम्मित बन्दै बोर्डका अधिकारीले प्रश्न गरेका थिए– ‘यस्तो अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ? यस्तो गम्भीर विषयमा तत्काल जिल्ला शिक्षा समन्वय इकाइमार्फत विद्यालयको बारेमा छानबिन गर्नुपर्छ ।’

परीक्षाफल ढिलो प्रकाशित भए पनि केही फरक पर्दैन भन्दै बैठकमा बोर्ड सदस्यहरूले यस विषयमा तत्काल छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । सबै सदस्यले मतैक्यता जाहेर गर्दै परीक्षाफल प्रकाशित गर्न हतारिन नहुने धारणा राखेका थिए । लगत्तै बोर्डका अधिकारीले यो विषयमा एक साता समय माग गर्दै ‘ए’ र ‘ए प्लस’ अंक दिने विद्यालय र विद्यालयका प्रधानाअध्यापकको विषयमा समेत छानबिन गर्ने जनाएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षका परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० अंकभन्दा माथि दिनुपरेमा सोको कारण कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था गरेको थियो । तर, सो व्यवस्थाको उल्लंघन गर्दै कारण नखुलाई ८० भन्दा बढी नम्बर दिएको पाइएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP