मंगलबार , असार ३, २०८२

सरकारले यही साउन २५ गते सोमबार देखि ३२ गते सोमबारसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ ।

बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कुराको जानकारी दिनुभएको हो ।

बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ‘खोप सप्ताह’ अवधिमा जापानबाट ल्याइने आठ लाख र भुटानबाट ल्याइने तीन लाख डोज खोप लगाइने बताउनु भयो ।

राज्यमन्त्री श्रेष्ठले शनिबार र आइतबारसम्म जापान र भुटानबाट खोप ल्याइने बताउनु भयो ।

उहाँले असोजसम्म एक करोड पाँच लाख डोज खोप आउने बताउनु भएको छ ।

यसैगरी बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याइने प्रक्रिया अगाडि बढाइएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूका बालबालिकालाई लगाइने छ ।

त्यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको एक करोड ४० लाख खोप र विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी एक करोड १३ लाख आउने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP