सोमबार , अषोज २६, २०८३

सरकारले यही साउन २५ गते सोमबार देखि ३२ गते सोमबारसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ ।

बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कुराको जानकारी दिनुभएको हो ।

बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ‘खोप सप्ताह’ अवधिमा जापानबाट ल्याइने आठ लाख र भुटानबाट ल्याइने तीन लाख डोज खोप लगाइने बताउनु भयो ।

राज्यमन्त्री श्रेष्ठले शनिबार र आइतबारसम्म जापान र भुटानबाट खोप ल्याइने बताउनु भयो ।

उहाँले असोजसम्म एक करोड पाँच लाख डोज खोप आउने बताउनु भएको छ ।

यसैगरी बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याइने प्रक्रिया अगाडि बढाइएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूका बालबालिकालाई लगाइने छ ।

त्यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको एक करोड ४० लाख खोप र विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी एक करोड १३ लाख आउने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP