सोमबार , असार २, २०८२

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) को भातृ संगठन युवासंघले जडीबुटी मनोहरा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सरकारले गत मंगलबार मन्त्रिपरिषद् बैठकबाट एमाले नेतृत्वको सरकारले गठन गरेको देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

जसको एमाले र उसका भातृसंगठन लगायतले विरोध गरिरहेको छन् । प्रदर्शनमा उत्रिएका भूमिहीन तथा सुकुम्वासीहरूले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर, देउवा यु आर नट माइ प्राइमिनिस्टर’ आफ्नै देशमा बस्न नपाईने हो र सरकार लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

युवा संघले एक लाख ८८ हजार भुमिहिन सुकुम्वासीहरूलाई लालपुर्जा दिने अन्तिम अवस्थामा आयोग खारेज गरेको जनाएको छ । प्रदर्शन पछि आयोजित आमसभालाई युवा संघका अध्यक्ष लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

राष्ट्रिय युवा संघले देउवा सरकारको जनघाति निर्णयविरुद्ध सशक्त दबाब सिर्जना गर्न प्रदर्शन गरिएको जनाएको छ ।
मनोहरा सुकुम्बासी बस्तीबाट सुरु भएको र्याली अरनिको राजमार्गमा पुगी सभामा परिणत भएको थियो ।
मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा ७ सय भन्दा बढी घरधुरी बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP