
क्लबको वार्षिक योजना अनुसार बुधबार एक समारोहका बिच लायन्स डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैजु, डिष्ट्रिक एडभाइसर उमंग देवकोटा, एरिया चिफ जीवन गौतम, रिजन चियरपर्सन एमएल पाण्डे, जोनचियरपर्सन रिता शर्माले बुटवल उपमहानगरपालिका वडा नं १ का सदस्य मदन श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक घनश्याम गौतमलाई ह्वाइट बोर्ड हस्तान्तरण गरिएको हो। प्रविधिमैत्री शिक्षामा जोड दिन विद्यालयलाई १० थान ह्वाईट बोर्ड हस्तान्तरण गरेको क्लबका अध्यक्ष कृष्ण पान्डेले बताए। नगरकै महत्त्वपूर्ण स्थलमा रहेको विद्यालयमा अझै पनि चकडस्टरको माध्यमबाट पढाईहुदै आएको देखेर यसमा सुधार ल्याउन शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष उनले बताए।
कार्यक्रम क्लबका सचिव राजन गौडेलले समयसापेक्ष शिक्षामा प्रविधिको प्रयोगलाई जोड दिने उदेश्यका साथ श्रोत जुटाएर शैक्षिक सामग्री वितरण गरिएको बताए। बुटवलकै पुरानोमध्येको एक बुटवल माविको भौतिक र शैक्षिक विकासका लागि स्थानियहरुको पहलमा विगत लामोसमयदेखि विभिन्न कार्यक्रमहरु चलाउदै आएको छ। एक विद्यार्थी एक अभिभावक, खानानास्ता कार्यक्रम लगायत चलाएर विद्यार्थीहरुलाई प्रोत्साहन गरिदै आएको विद्यालयका प्रधानाध्यापक घनश्याम गौतमले बताए।
यस कार्यक्रम लाई सम्पन्न पार्नको लागि विभिन्न देसविदेश मा रहनुभयको समाजसेवी हरुले आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नुभयको थियो।
सहयोगी हातहरु :
१,भु,पु बिद्यार्थी प्रदिप खनाल अस्ट्रेलिया
२, celysa Chhetri AIMT training solution
३, Siddhartha wheel & cold resoling
४. समाजसेबी राम बहादुर के.सि
५. चिरन बराल/ शिबा शाह
६.सबिन बराल/ कल्पना बराल अस्ट्रेलिया
७. समाजसेवि ईश्वरि भण्डारी सैनामैना ८ वार्ड सदस्य
८.भु पु बिद्यार्थी समाजसेबि तारा प्र गौडेल बुटवल १३
९.युवा समाजसेवी सुर्य सुबेदि बुटवल १३
१० ला. बासुदेब पौडेल
कार्यक्रमका केहि झलकहरु :









