मंगलबार , अषोज २७, २०८३

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो ।

विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले प्रवेश अनुमति पत्र लिएर मात्र उडान भर्ने व्यवस्था लागूू गरेको छ । उद्धारका लागि हेलिकप्टर उडान गर्दा गृह मन्त्रालय तथा स्थानीय प्रशासनबाट अनुमति लिई रहनु नपर्ने र उडान गर्न सहज हुने भएकाले उद्धारका नाउँमा यस्ता खालका गतिविधि सञ्चालन हुने गरेका देखिएका छन् ।

कतिपय अवस्थमा स्थानीय प्रशासनबाट उडान अनुमति लिएर उडान भरेका हेलिकप्टरका गतिविधि पनि शङ्कास्पद देखिन थालेकाले नियमित अनुगमन तथा निगरानी गर्नुपर्ने भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने–“हेलिकप्टर आकाशमा उडान गर्ने साधन भएकाले त्यो साधनमा को मान्छे चढेका छन्? के सामान बोकेका छन्? भन्नेलगायतका विषयमा जाँच गर्न मुस्किल देखिएकाले हेलिकप्टरमा हुने गतिविधिमा निगरानी राख्न आवश्यक भएको हो ।”

हाल सो निकुञ्जले उडान भर्दा नेपाली चालकले एक हजार, सार्क मुलुकको चालकले एक हजार पाँच सय रुपियाँ र अन्य मुलुकका चालकले निकुञ्जभित्र एक पटक उडान भर्दा वा बस्दा शुल्क तिर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ । निकुञ्जभित्र कति हेलिकप्टर उडे, कुन क्षेत्रमा उडे र ती हेलिकप्टरले के गतिविधि सञ्चालन गरे भन्नेबारे जानकारी राख्नका लागि यस्तो व्यवस्था गरिएको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तुरी मृगको चोरी सिकार तथा तस्करी बढी हुने गरेको छ । गत दुई वर्षयता यहाँ पासोमा पारेर दुई दर्जनभन्दा बढी कस्तुरीको बिना सिकारीले लगेको थियो ।

दुईवटा घटनामा यति ठूलो सङ्ख्यामा कस्तुरीलाई चोरी सिकारीले मारेको सम्भवतः पहिलो घटना मानिएको छ । यस निकुञ्जमा कस्तुरी मृग, डाँफे, झारल, घोरललगायतका वन्यजन्तु बढी चोरी सिकारी हुने गरेको आजको गोरखापत्र दैनिकमा खवर छापेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP