शुक्रबार , भाद्र १२, २०८३

नेपालका लागि जापानी राजदूत किकुता यूताकाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

बुधबार दिउँसो राजदूत किकुताले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

भेटको अवसरमा राजदूत किकुताले मन्त्री श्रेष्ठलाई बधाइ दिनुका साथै शुभकामना समेत दिएका थिए । यस्तै जापान सरकारले यसअघि झण्डै १६ लाख डोज अस्ट्राजेनेका कोभिड खोप उपलब्ध गराएको बारे पनि भेटको क्रममा छलफल भएको थियो ।

यसका लागि राज्यमन्त्री श्रेष्ठले जापान सरकारलाई धन्यवाद दिएका थिए । कोभ्याक्स सुविधाको खोप छिट्टै नेपाल आइपुग्ने पनि अपेक्षा गरिएको थियो ।

राजदूत किकुताले दुई देशबीचको मित्रताको लामो इतिहास स्मरण गर्दै द्विपक्षीय साझेदारीलाई अझ बलियो बनाउने अपेक्षा गरेका थिए । बुधबार भेटवार्तापछि दुवै पक्षले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP