मंगलबार , बैसाख २९, २०८३

नेपाल प्रहरीका १४ जना पूर्व महानिरीक्षक (आइजिपी) हरुले महाराजगंजस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

बुधवार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका १४ जना पूर्व प्रहरी महानिरीक्षकहरूले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेको सो निर्णय सच्याउन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

तत्कालीन ओली सरकारले २१ भदौ २०७५ मा महाराजगन्जमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौती सार्ने निर्णय लिएको थियो । सरकारको सो निर्णय प्रति सिंगो प्रहरी सङ्गठनसमेत असन्तुष्ट रहँदै आएको थियो ।

त्यस बखत सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने ठाउँ अभाव भएको र एकेडेमीमा हुने तालिमले राष्ट्रपतिलाई असहज भएको भन्दै प्रशिक्षण प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन  पूर्व प्रहरी महानिरीक्षकहरू दुर्लभ कुमार थापा, मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, रवीन्द्र प्रताप शाह, कुवेर सिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल र ठाकुरप्रसाद ज्ञवाली बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP