सोमबार , असार २, २०८२

नेपाल प्रहरीका १४ जना पूर्व महानिरीक्षक (आइजिपी) हरुले महाराजगंजस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

बुधवार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका १४ जना पूर्व प्रहरी महानिरीक्षकहरूले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेको सो निर्णय सच्याउन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

तत्कालीन ओली सरकारले २१ भदौ २०७५ मा महाराजगन्जमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौती सार्ने निर्णय लिएको थियो । सरकारको सो निर्णय प्रति सिंगो प्रहरी सङ्गठनसमेत असन्तुष्ट रहँदै आएको थियो ।

त्यस बखत सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने ठाउँ अभाव भएको र एकेडेमीमा हुने तालिमले राष्ट्रपतिलाई असहज भएको भन्दै प्रशिक्षण प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन  पूर्व प्रहरी महानिरीक्षकहरू दुर्लभ कुमार थापा, मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, रवीन्द्र प्रताप शाह, कुवेर सिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल र ठाकुरप्रसाद ज्ञवाली बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP