मंगलबार , अषोज २७, २०८३

संयुक्त अरब ईमिरेट्स (यूएई) ले भोलि अर्थात् अगस्ट ५ देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनु पर्ने नियम लागू गरेको छ । जसका कारण यूएईमा नै आवश्यक खोपको मात्रा प्राप्त गरी कम्तीमा १४ दिन पूरा गरेको र यूएईकै सरकारी स्वास्थ्य संस्थाबाट जारी खोप कार्ड वा भ्याक्सिन प्रमाण पत्र भएको नेपाली नागरिक मात्र यूएई आगमन हुन सक्नेछन्।

यूएई सरकारले यात्रा अनुमति दिए पनि यूएईबाट कोभिड भ्याक्सिन नलगाइ नेपाल गएका अन्य नागरिकहरू हकमा यो नियम लागु हुने छैन। जसले गर्दा लामो समय देखि नेपालमै अड्केर बसेका श्रमिकहरू सहजै यूएई प्रवेश गर्न सक्ने छैनन्। अर्थात् खोप नलगाई छुट्टीमा गएकाहरू वा नेपालमा दुई खोप लगाउनेहरूले समेत यूएई आउन पाउने छैनन् ।

को को आउन पाउने ?

१) रेसिडेन्स भिसा बाहक

२) यूएईमा नै दुई डोज खोप लगाएको मात्र

३) सरकारी निकाय, अस्पताल, स्कूलमा कार्यरत र विद्यार्थी अनि विशेष मानवीय परिस्थितिमा खोप नलगाए पनि आउन पाउने ।

को को आउन नपाउने ?

१) नयाँ कामदार, भिजिट भिसा ( रेसिडेन्स भिसा नभएको)

२) नेपालमा दुई डोज खोप लगाए पनि आउन नपाइने

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP