सोमबार , अषोज २६, २०८३

जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप काठमाडौं आइपुग्ने भएको छ।

काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो।

जापानबाट बिहीबार र शुक्रबार गरी दुइटा विमान काठमाडौंका लागि उड्नेछन्। ती खोप क्रमश: शनिबार र आइतबार काठमाडौं आइपुग्ने विज्ञप्तिमा उल्लेख छ।

जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो। बाँकी आठ लाखपछि आइपुग्ने राजदूतावासले जनाएको छ।

राजदूत किकुता युताकाले अनुदानमा दिइएको खोपको सही उपयोग हुनेमा आशावादी भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP