शनिबार , भाद्र १३, २०८३

नेपाली कामदारलाई बोकाएर पठाएको सुन संकलन गर्न भारतीय समूह लामो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर होटलमा बस्ने गरेको प्रहरीले दावी गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक केजी ८ सय ६६ ग्राम सुनसहित तीन जना भारतीयलाई सिनामंगलस्थित एक होटलबाट पक्राउ गरेको छ।

महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार उनीहरु केही समयदेखि बसेर नेपाली कामदारले ल्याएको सुन संकलन गरिरहेका थिए।

‘कुनै सुन सुटकेसमा हालेर ल्याइएको देखिएको छ भने कुनै सुन हेयर ड्रायरमा। गिरोहले नेपाली कामदारलाई प्रलोभनमा पारेर सुन पठाउने र काठमाडौंमा संकलन हुने गरेको सूचनाका आधारमा हामीले उनीहरुलाई पक्राउ गरेका हौँ’, एसपी कोइरालाले भने।

पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका २७ वर्षीय साकिर अली, २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद रहेका छन्। प्रहरीका अनुसार अन्तिमपटक उनीहरुले बुधबार कुवेतबाट आएका नेपाली कामदारले दिएको सुन संकलन गरेका थिए।

प्रहरीका अनुसार सुनमा जलप लगाएर अन्य सामग्रीजस्तो बनाएर ल्याइने गरिएको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP