मंगलबार , अषोज २७, २०८३

पानामाको एक जहाजलाई बन्दुकधारीहरुले गल्फ अफ यूएईबाट हाइज्याक गरेर इरान लान थालिएको लोयड्स मेरिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ । ट्याङ्कर जहाज एमभी अस्फाल्ट प्रिन्सेस यतिबेला स्ट्रेट अफ हर्मुजतर्फ अघि बढिरहेको उसको भनाइ छ ।

हाइज्याक गरिएको जहाज कसको नियन्त्रणमा छ भन्ने यकिन नभए पनि यसमा इरानको हात रहेको आशङ्का गरिएको छ । तर, इरानका रिभोलुसनरी गार्डले भने सबै आरोपलाई खारेज गरेको छ ।

एक हप्ताअघि मात्र इजरायली तेल ट्याङ्करमाथि ओमन नजिकै ड्रोन हमला भएको थियो । सो घटनामा दुई जना सुरक्षा गार्डको मृत्यु भएको थियो । अमेरिका, बेलायत र इजरायलले उक्त घटनामा इरानमाथि आरोप लगाए पनि सो दाबीलाई इरानले खण्डन गर्दै आएको छ ।

बीबीसीका अनुसार एमभी अस्फाल्ट प्रिन्सेस दुबईमा रहेको एक कम्पनीको स्वामित्वमा रहेको छ । उक्त कम्पनीको एक जहाजलाई दुई वर्षअघि इरानकै रिभोलुसनरी गार्डले हाइज्याक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP