मंगलबार , असार २३, २०८३

बुटवल । तीज पर्व नजिकिँदै गर्दा ‘तीज गीतहरु’ पनि सार्वजनिक भएका छन् । धार्मिक,सामाजिक,मौलिक र नारी केन्द्रित हरितालिका तीजका अवसरमा आएका अधिकांश गीतहरु भने आधुनिकता केन्द्रित छन् । धेरै गीतहरु मध्ये केहि गीतले मात्रै पर्व र समाज अनुसारको मौलिकता झल्काउने गरेका छन् । यस्तै गीतहरु मध्ये बुटवलबाट एक मौलिक र मार्मिक गीत सार्वजनिक भएको छ ।

कुनै समाजको मात्र नभई राष्ट्रकै समसामयिक विषयमा मार्मिक र मौलिक गीत ‘ लकडाउन –२’ मार्फत ‘खुशी लुटयो, चुरा फुट्यो एक्लो बनायो…’ बोलको गीत सार्वजनिक भएको हो । श्रीनगर फिल्मस् प्रोडक्शन प्रा.लि.ले मंगलबार एक समारोहकाबीच आफ्नो यूट्यूब च्यानमार्फत सार्वजनिक गरेको छ । कलाकार तथा सर्जक चिरन बरालको शब्द,लय र संकलन रेहको उक्त गीतमा चर्चित युवा गायिका प्रिया भण्डारीको स्वर रहेको छ । त्यसैगरी गीतको भिडियोमा मनिष पन्थ,इरा भट्टराई,चिरन बराल लगाएतले अभिनय गरेका छन् ।

समसामयिक विषय,विश्वव्यापी कोरोना महामारीबाट भोग्नु परेको समस्या र पीडालाई समेटेर तयार गरिएको मार्मिक गीत पुरानो तीज भाकामा गाइएको छ भने अभिनय पनि जीवन्त रहेको सरोरकारवालाले बताएका छन् । गीतको सार्वजनिक गर्दै कार्यक्रमकी प्रमुख अतिथि,बुटवल उपमहानगरकी उपप्रमुख गोमादेवी आचार्यले गीत सबैको साझा र सबै बसेर सुन्न तथा हेर्न मिल्ने रहेको बताइन् ।

उनले गीतले समसामयिक विषयमा मौलिक प्रस्तुतीका साथ यथार्थ चित्रण गरेको भन्दै गीत तयार गर्ने सम्पूर्णलाई बधाई समेत ज्ञापन गरिन् । उनले भनिन् ‘अहिले तीजको नाममा परिवारसँग बसेर सुन्न,हेर्न नमिल्ने कैंयौं गीतहरु सार्वजनिक भएका छन् । यस गीतले महामारीमा भोगेको पीडा र मानवीय समवेदनालाई मौलिकतामा पस्केको छ । यस्तै सामाजिक र मानवीय भावना समेटेका मौलिक गीतबाट समाजमा सकारात्मक सन्देश र परिवर्तनमा टेवा पुग्दछ ।’

गीत सार्वजनिक समारोहमा गीतको समिक्षा गर्दै संस्कृतिविद् झपेन्द्र बहादुर जि.सी.ले गीतले वियोगान्त र दुःखद घटनालाई महत्व दिएको बताए । उनले भने ‘गीत राम्रो बनेको छ,लेखनदेखि स्वर र अभिनयको संयोजन मिलेको छ । युवा गायिका भइकनपनि पुरानो तीज भाका र मौलिकतामा स्वर दिन सफल भएकी छन् । गीत मार्मिक र मौलिकता झल्काएको छ । यस्तै गीतहरुसँगै समाज परिवर्तनका,रोजगार,उद्यमका,कृषिका लगाएतका गीतहरु ल्याउन आवश्यक छ ।’

बुटवलका अस्पताल र सेरोफेरोमा छायांकन गरिएको गीतको निर्देशन स्वयम् मनिष पन्थले गरेका छन् भने शिर्षक सम्पादन कमला तिवारीले गरेकी हुन् । त्यसैगरी निर्माण व्यवस्थापन लोकेन्द्र शाहले गरेका छन् । श्रीनगर फिल्मस् प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक मनिष पन्थको अध्यक्षता,बुटवल उपमहानगरपालिका प्रमुख गोमादेवी आचार्यकाे प्रमुख आतिथ्यता र लेखक तथा साहित्यकार डि.बी.गुरुङको सञ्चालनमा गीत सार्वजनिक समारोह सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP