
टोकियो ओलम्पिकमा सहभागि भएका अष्ट्रेलियन खेलाडीले भिलेज छोड्दा तोडफोड गरेर गएको बताइएको छ ।
खेलाडीहरुले ओलम्पिक भिलेज छोड्दा बेडहरुमा क्षती पुर्याएको र भित्तामा प्वाल पारेर गएको बताइएको छ ।
ओलम्पिक खेल्न गएका केहि खेलाडीले गरेको सो असह्य ब्यवहारले टोकियो आयोजकले खेद ब्यक्त गरेको छ ।
तर अष्ट्रेलिया टिममा लिडर इयान चेस्टेरमनले खेलाडीले माफि मागिसकेको र कुनैपनि कारवाही नहुने प्रष्ट पारेका छन ।
उनले भिलेजमा भएको क्षती सामान्य भएको र त्यसले ठूलो नोक्सानी नभएको बताए । उनले क्षती गर्ने खेलाडीको नाम भने भनेनन् ।
उनले उल्टो आफ्ना खेलाडीको बचाउ गर्दै केहि युवा खेलाडीले जोसले त्यो गरेको हुनसक्ने बताएका छन ।
यता रग्वी अष्ट्रेलियाले भने आफ्नो तरिकाले अनुसन्धान सुरु गरेको बताएको छ । अष्ट्रेलियाको रग्वी टिम ओलम्पिकको क्वाटरफाइनलमा पुगेको थियो ।
पुरुष फुटबल टिम भने समुह चरणबाट बाहिरीएको थियो । महिला टिम भने अझैपनि प्रतियोगितामा रहेको छ । उसले काश्य पदकका लागि खेल्न बाँकी छ ।