शुक्रबार , भाद्र १२, २०८३

टोकियो ओलम्पिकमा सहभागि भएका अष्ट्रेलियन खेलाडीले भिलेज छोड्दा तोडफोड गरेर गएको बताइएको छ ।

खेलाडीहरुले ओलम्पिक भिलेज छोड्दा बेडहरुमा क्षती पुर्याएको र भित्तामा प्वाल पारेर गएको बताइएको छ ।

ओलम्पिक खेल्न गएका केहि खेलाडीले गरेको सो असह्य ब्यवहारले टोकियो आयोजकले खेद ब्यक्त गरेको छ ।

तर अष्ट्रेलिया टिममा लिडर इयान चेस्टेरमनले खेलाडीले माफि मागिसकेको र कुनैपनि कारवाही नहुने प्रष्ट पारेका छन ।

उनले भिलेजमा भएको क्षती सामान्य भएको र त्यसले ठूलो नोक्सानी नभएको बताए । उनले क्षती गर्ने खेलाडीको नाम भने भनेनन् ।

उनले उल्टो आफ्ना खेलाडीको बचाउ गर्दै केहि युवा खेलाडीले जोसले त्यो गरेको हुनसक्ने बताएका छन ।

यता रग्वी अष्ट्रेलियाले भने आफ्नो तरिकाले अनुसन्धान सुरु गरेको बताएको छ । अष्ट्रेलियाको रग्वी टिम ओलम्पिकको क्वाटरफाइनलमा पुगेको थियो ।

पुरुष फुटबल टिम भने समुह चरणबाट बाहिरीएको थियो । महिला टिम भने अझैपनि प्रतियोगितामा रहेको छ । उसले काश्य पदकका लागि खेल्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP