मंगलबार , बैसाख २९, २०८३

बुटवल । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिंदै गर्दा विभिन्न तिज गीतहरु आउने क्रम जारी छ। यसैक्रममा बुटवलमा तीज गीत “बालै भएन” बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मोफसलमा हालसम्मकै सबैभन्दा धेरै लगानिमा गितको भिडियो निर्माण गरिएको हो ।

चर्चित कलाकार सुरविर पन्डित (दार्ही बा) को अभिनय रहेको उक्त गीतमा स्याङ्जा , पाल्पा र रुपन्देहीका गरी १४ जना कलाकारको अभिनय रहेको जनाइएको छ। पछिल्लो समयकी चर्चित गायिका प्रीति आले र लोक गायक रामु एस.केको स्वर रहेको उक्त गितको निर्देशक, शब्द र म्युजिक जनक घिमिरेको रहेको छ।

भिडियोमा पछिल्लो समय युवा पुस्तालाई मध्यनजर गरि पप गितको भर्जनमा ड्रम सेट , मादल आदि बाद्यवादनको प्रयोग गरेको देख्न सकिन्छ। गितमा सुरविर पण्डितका साथै मिरा महत्रा, नारायण बिपि परियार, प्रिया कंडेल, अनिल पौडेल , दिक्षा खनाल, किशोर थापा, बबिता धिताल, सन्तोष शर्मा, कोमल पाण्डे , रक क्षेत्री, सृष्टी बिश्वकर्मा, गणेश सापकोटा र शाहिर केसी लगायत कलाकारको अभिनय रहेको छ।

३ लाख पचास हजार रूपैयाँ लगानीमा निर्माण भएको गीतको छायांकन प्रदिप कंडेलले गरेका हुन् । गीत स्वाभिमान क्रियशनको युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 205 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP