सोमबार , अषोज २६, २०८३

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १६ हजार ७१८ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट २ हजार ४४८ र एन्टिजेनबाट ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै मंगलवार देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९९४ संक्रमित निको भएका जनाइएको छ । यससँगै निको हुने संक्रमितको कूल संख्या ६ लाख ६० हजार ११६ पुगेको छ ।

कोरोनाले थप २४ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ९ हजार ९२२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP