स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १६ हजार ७१८ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट २ हजार ४४८ र एन्टिजेनबाट ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै मंगलवार देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ९९४ संक्रमित निको भएका जनाइएको छ । यससँगै निको हुने संक्रमितको कूल संख्या ६ लाख ६० हजार ११६ पुगेको छ ।
कोरोनाले थप २४ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ९ हजार ९२२ पुगेको मन्त्रालयले जनाएको छ ।