सोमबार , अषोज २६, २०८३

दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो।

त्यसैगरी विराटनगरका ३२ वर्षीय एक युवालाई पनि गत बुधबार कोरोना पोजेटिभ देखियो। उनले कोरोनाविरुद्धको खोप दुईवटै डोज लगाइसकेका थिए। एकाएक शनिबार घाँटी खसखसाउने, टाउको दुख्ने, रुघा लाग्ने जस्ता लक्षण देखियो। सुरुमा उनले भाइरल ज्वरो भनेर वास्ता गरेनन्। तर, पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखियो।

कोरोनाविरुद्धको खोप लगाइसकेपछि कोरोना नलाग्ने, लागे पनि धेरै असर नगर्ने विश्वास आममानिसमा छ। यी दुई युवालाई पनि त्यस्तै लाग्थ्यो। ‘तर,  खोप लगाएको भए पनि कोरोना संक्रमण हुने रहेछ’ उमेश दाहालले आफ्नो अनुभव सुनाउँदै भने, ‘खोप लगाएको छु भनेर ढुक्क हुन नहुने रहेछ।’ लक्षणहरू खोप नलगाएको मानिसलाई जस्तै देखिएको र असर पनि उस्तै पारेको उनीहरू बताउँछन्। फागुनमा पहिलो र जेठ २१ गते कोभिसिल्डको दोस्रो मात्रा पूरा गरेर पनि असार ९ गते दोस्रो पटक कोरोना पोजेटिभ देखिएका इटहरीका लोचन पौडेलको पनि यस्तै अनुभव छ। ‘खोप लगाएको छु। केही हुँदैन होला भनेर आत्मबल चाहिँ बढे जस्तो हुने रहेछ,’ उनले भने। उनलाई यसअघि पनि गत मंसिरमा कोरोना पोजेटिभ देखिएको थियो। केही दिन घरमा आराम गरेपछि निको भएर काममा फर्किएका थिए। तर, दुवै पटकको कोरोना संक्रमणमा स्वाद हराउने, जिउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएको उनले बताए।

यो पटक उनीसँगै परिवारका ५ जनालाई कोरोना पोजेटिभ देखिएको थियो। जसमा कोभिसिल्डको एक एक डोज लगाएका बुवा आमा पनि थिए। खोप नै नलगाएका श्रीमती र छोरीलाई पनि कोरोना देखियो। सबैमा उस्तै लक्षण देखिएको उनले बताए। अति संक्रामक मानिएको डेल्टा भेरियन्टको बढ्दो संक्रमणले घरघरै कोरोना संक्रमितको संख्या बढाएको छ। खोपले संक्रमण घटाउने मान्यता राखेर सरकारले पनि खोपलाई प्राथमिकता दिएको छ। तर, खोप लगाएकाहरू पनि उस्तै लक्षण र असरका साथ संक्रमित भएको आफ्नै आँखाले देख्नेहरू त्रसित बनेका छन्। नदेख्नेहरू भने खोप लगाएको भन्दै निष्फिक्रि छन्। खोप लगाएकाहरूमा पनि कोरोना संक्रमण देखिनुलाई बिरामीको लापरबाहीसँग जोडेर हेर्छन्, कोसी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्का।

यो समाचार आजको अन्नपूर्णपोष्ट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP