
वि.सं.२०७८ साल साउन १८ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट ०२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– नवमी, बिहान १० बजेर १९ मिनेट उप्रान्त दशमी । नक्षत्र– कृतिका, बेलुकी ११ बजेर २७ मिनेट उप्रान्त रोहिणी । योग– वृद्धि, रातको १२ बजेर ४८ मिनेट उप्रान्त ध्रुव । करण– गर,बिहान १० बजेर २९ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर २० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–बृष ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २७ पला ।मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारी बिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महशुस हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडी बढ्न नसक्दा पछि परिनेछ ।