मंगलबार , बैसाख २९, २०८३

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अस्ट्रेलीयाको अध्यक्षमा नन्द गुरुङ्ग विजयी भएका छन्। शनिवार भएको अनलाइन निर्वाचनमा नन्द गुरुङले ८ हजार ५ सय ८६ मत ल्याउँदै प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीलाई पराजित गरेका हुन् । रेग्मीले ४ हजार ८ सय ७९ मत प्राप्त गरेका थिए।

त्यस्तै महासचिव पदमा क्यानबेराका राजुबाबु अधिकारी ७ हजार ८ सय १५ मत पाउँदै विजय भएका छन् भने उनका प्रतीद्वन्दी अच्युत शर्मा थपलियाले ४ हजार ५ सय ७३ मत्र प्राप्त गरेका थिए। सचीव पदमा सन्ध्या शाह ८ हजार १ सय २२ मतसहित विजयी भएकी छन् भने उनका प्रतिद्धन्द्धी तीर्थराज कार्कीले ४ हजार ४ सय ३३ मत प्राप्त गरेका थिए ।

सह कोषाध्यक्षमा राजकुमार नगरकोटी ७ हजार ६ सय ८३ मत सहित विजयी भए भने उनका प्रतीद्वन्दी कर्णकुमार यादवले ४ हजार ३ सय ५२ मत प्राप्त गरेका थिए। एनसीसी युवा संयोजकमा भिक्टोरीयाका बवीन मीश्र ७ हजार ८ सय ६६ मतका साथ विजयी भए भने उनका प्रतीस्पर्धी सिड्नीका महेश प्रसाई (म्याक्स) ले ४ हजार ४ सय ७५ मत प्राप्त गरे।

आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, परेशशराज घिमिरे, नविन भण्डारी विजयी भएका छन् भने एनआरएएनए अस्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्ज सँयोजकमा एडिलेडकी मञ्जु खड्का ७ हजार ८ सय ६४ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनकी प्रतीस्पर्धी सिड्नीबाट मोनी लिम्बुले ४ हजार आठ सय ७७ मत प्राप्त गरेकी छन्।

नर्दन टेरिटोरी राज्यबाट आइसिसी सदस्यमा उमेद्वारी दिएका परेशशराज घिमिरे ६३७२ मत सहित विजय भएका छन्।  सम्भवत आहिले सम्ममा NT बाट आइसिसी सदस्यमा जित हासिल गर्ने परेश पहिला उमेदवार हुन्।

नर्दन टेरिटोरी राज्यको SCC कोडिनेटर मा बिष्णु चापागाईले ६१४ मत प्राप्त गरी विजय भएका हुन्।  NT मा उनको नेतृत्वमा खडा सम्पूर्ण प्यानलनै विजय भएको छ। नेपाली समुदायमा निकै लोकप्रिय मनियका उपाध्यक्ष पदका उमेदवार संजिव गोर्खाली सबै भन्दा धेरै, ७३८ मत ल्याई विजय बनेका छन् भने, सचिवमा शिवराम पौडेल ६७५ , सह -सचिवमा आकाश बिसी ५७२, कोषाध्यक्षमा विजय शर्मा ६६९ मत प्राप्त गरेका थिए। कार्यसमिति सदस्यमा क्रमश, गौरव ओस्ती ६२९, रामेस्वर धिताल ६०६, श्याम बहादुर थापा ७१८, शुभाष चन्द्र अर्याल ६१४ मत सहित बिजयी भएका थिय।  

युथ कोडिनेटरमा नवराज सापकोटा (राज) ६६९, डिपुटी युथ कोडिनेटरमा अनिश पौडेल ६०२ मत, महिला कोडिनेटरमा आशिका उप्रेती ६४१ र महिला सह कोडिनेटरमा मनिषा अधिकारी ६१७ मतले ल्याई विजयी भएका हुन्।

युथ मेम्बेरमा, कुन्दन भडेल, निरज देवकोटा, प्रज्ञान केसी र सुमन गैरे निर्बिरोध बिजयी भएका हुन् भने त्यस्तै महिला मेम्बेरमा पनि निर्बिरोध रुपमा बन्दना खड्का, प्रियाँसा नेपाल र स्क्यलेट आयुस्मा दाहाल विजय भएका हुन्।

एनसीसी सदस्यको लागि दिनेश परियार र महेश्वर देवकोटा क्रमश ६०० र ५९७ मन प्राप्त गरि बिजयी भएका हुन्।

बिजयी सम्पूर्णलाइ हार्दिक बधाई संगै सफल कार्यकालको शुभकामना।

न्यु साउथवेल्सको राज्य सँयोजकमा देववहादुर गुरूङ २ हजार ९१८ मतसहित विजयी भएका छन् भने क्यानबेरा संयोजकमा अशोक बस्नेत ७५४ मतसहित विजयी भएका छन्। क्वीन्सल्याण्ड संयोजकमा ९३९ मतसहित विनोदभक्त आचार्य विजयी भएका छन् भने दक्षिण अस्ट्रेलिया संयोजकमा ९३३ मतसहित रेनुका लामा विजयी भएकी छन्। तास्मानिया संयोजकमा ६२१ मत सहित राकेश शाक्य विजयी भएका छन्। भिक्टीरीया र वेष्टर्न अस्ट्रेलिया राज्य संयोजकमा हरि खड्का र दीपक बस्नेत यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो ।

कुल १५ हजार २ सय ९८ मतदाता मध्ये १४ हजार २ सय ३३ जनाले मत खसेको थियो।

निर्वाचनमा ९२.९ प्रतिशत मत खसेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP