सोमबार , अषोज २६, २०८३

घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गुएनामा गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले हराएको हो ।

यो जितसँगै पाकिस्तानले ४ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण नतिजाविहीन भएको थियो । पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका शहिन साह, अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले । मोहमद रिजवानले ४६ रन जोडे । यससँगै रिजवानले एकै वर्षमा धेरै टी–ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

रिजवानले सन् २०२१ मा ७ सय ५२ रन जोडेर आयरल्यान्डका पाउनल स्ट्रलिङ्गको कीर्तिमान तोडेका हुन् । स्ट्रलिङ्गले २०१९ मा ७ सय ४८ रन जोड्दै कीर्तिमान बनाएका थिए । वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट तथा ड्वाने ब्राभोले दुई विकेट लिए ।

तेस्रो खेल आज राति हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP