शुक्रबार , बैसाख ५, २०८२

काठमाडौंको महाराजगञ्जमा  पूर्व युवराज पारस शाहका समर्थकले प्रदर्शन गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाईकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको विषयलाई लिएर उनका समर्थकले प्रदर्शन गरेका हुन् ।

पूर्व युवराजलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै युवाहरुले प्रहरीको बिरुद्धमा नाराबाजी गरेका थिए । नारायणगोपाल चोकमा एउटा समूहले प्रदर्शन गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले बताए । ‘प्रदर्शन भएको थियो’ डिएसपी विष्टले भने–‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।’

शुक्रबार साँझ हेलमेट नलगाई मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेपछि ट्राफिक प्रहरी र उनको बीचमा हातपात भएको भिडियो सार्वजनिक भएको छ ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडि बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए । हेलमेट ल्याएपछि प्रहरीले उनलाई छाडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP