आइतबार , असार १, २०८२

दार्चुलाको ब्यास गाउँपालिका २ को मालघाटमा महाकाली नदीमाथि तुइन तरेर भारत तर्फ जाने क्रममा एसएसबीले तुइन काटी दिएको विभिन्न सञ्चारमाध्यमका आएको समाचारप्रति जिल्ला प्रशासन कार्यालय दार्चुलाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक विज्ञप्ति जारी गर्दै यस प्रकरणमा विभिन्न सञ्चारमाध्यममा आएका समाचाहरु प्रति कार्यालयको ध्यानाकर्षण भएको जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जारी गरेको विज्ञप्तिमा सत्य तथ्य पुष्टि नभइसकेको अवस्थामा दुई देश बीचको सम्बन्धमा खलल पार्ने कुनै पनि किसिमका समाचार प्रकाशित नगरिदिनुहुन अनुरोध गरिएको छ ।

‘उक्त घटनाका सम्बन्धमा वास्तविक सत्य तथ्य जानकारी गराई आवश्यक कारवाही प्रकृया अगाडि बढाउनु हुन भनि भारतीय समकक्षीलाई पत्राचार समेत गरिसकिएको र सो घटना अनुसन्धानरछानविनको क्रममा नै रहेकोले सत्य तथ्य पुष्टी नभईसकेको अवस्थामा दुई देश बीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनैपनि तथ्यहिन भ्रामक सूचनारसमाचार प्रकाशन नगरिदिनुहुन अनुरोध छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

साथै यस घटनाबारे सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुला, जिल्ला प्रहरी कार्यालय, दार्चुला र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दार्चुलाबाट टोली खटिएको पनि जानकारी गराइएको छ ।

हालसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको हुनाले अनुसन्धान पश्चात घटनाको सत्य तथ्य जानकारी गराइने सहायक प्रजिअ जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP