मंगलबार , अषोज २७, २०८३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश पोखेका छन् ।

शनिबार एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सर्वोच्चको उक्त फैसलाप्रति असन्तुष्टि जनाएका हुन् । आफ्नो सरकार ढाल्न राष्ट्रपतिलाई दिएको निवेदन अवैैध भएको दाबी गर्दै उनले त्यस्तो काम गर्नेलाई कारबाही गर्नुपर्नेमा अदालतले कारबाही गर्न नमिल्ने भनेर फैसला गरेको भन्दै आपत्ति जनाए ।

“जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालले अवैध काम गरेर सरकार ढाल्यो । त्यस्तो काम संसदीय व्यवस्थामा अनुशासनहीन काम हो । त्यो कारबाही गर्नुपर्ने विषय हो,” उनले अदालतको फैसलाप्रति कटाक्ष गर्दै भने, “त्यस्ता तत्वलाई कारबाही गर्न पाईँदैन अदालतले भन्छ । यही व्याख्या सधैँ चल्छ त ?”

दलको ह्वीप उल्लंघन गरेर ‘फ्लोर क्रस’ गर्नेहरुलाई अदालतले कारबाही नगरेकोमा पनि अध्यक्ष ओलीको आपत्ति थियो ।

उनले आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यानुसार काम गरेको जिकिर गरे । मुलुकलाई समृद्ध बनाउन नेपाली जनताले फेरि पनि आफ्नो पार्टीलाई बहुमत दिने उनको दाबी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP