मंगलबार , अषोज २७, २०८३

महन्थ ठाकुर राजनीतिमा सिधा र लप्पनछप्पन नगर्ने स्वभावको रहेको उनी निकटस्थ बताउँछन् । ‘ठाकुरजी शान्त, सादगी र कुनै लोभ र आकांक्षा नभएको नेता हुनुहुन्छ । प्रधानमन्त्री बन्न आएको प्रस्तावसमेत उहाँ अस्वीकार गरेर मधेस मुद्दा सम्बोधनतर्फ लाग्नुभयो । अरूले त मुद्दा छोडे र सरकारमा बसेर रमाए, फरक यति हो’ ठाकुर निकटका नेता शुक्लले भने ।

जसपाभित्र विवाद चर्किएका बेला ४ जेठमा अध्यक्षद्वय ठाकुर र यादवको एक संयुक्त विज्ञप्ति आयो । जसमा भनिएको थियो, ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अघि बढ्न सकिनेछ ।’

यस सहमतिपश्चात् ठाकुर र यादवबीचको विवाद समाधान हुने विश्वाससहित ठाकुर प्रधानमन्त्री हुने वातावरण बनेको थियो । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसमेतले प्रधानमन्त्री हुन ठाकुरलाई प्रस्ताव गरेका थिए ।

गठबन्धनको सरकार बनाउन कसरत भइरहेका बेला अध्यक्ष प्रचण्डले ओलीलाई सत्ताच्युत गराउन ठाकुरलाई प्रधानमन्त्री स्वीकार्न सकिने बताएका थिए । त्यसको केही दिनअघि कांग्रेसका वरिष्ठ नेता पौडेलले निवासमै गएर ठाकुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए ।

त्यसपछि ओलीले पनि आफू हट्ने अवस्थामा आफ्नै प्रस्तावमा ठाकुरलाई प्रधानमन्त्री बनाउने मन्त्रणा सुनाए । प्रधानमन्त्री बन्ने अवसर ठाकुरलाई आए पनि उनी विशेषगरी मुद्दा सम्बोधनमा केन्द्रित भएको जसपा नेताहरू बताउँछन् । सुभाष साहले आजको राजधानी दैनिकमा खवर छापेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP