शुक्रबार , भाद्र १२, २०८३

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ   नेता   माधवकुमार   नेपालसँगको विवादलाई  अब  लामो  समय  नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित  कार्यक्रममा  उनले  केही  दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए ।

नेकपा  (एमाले)मा  अध्यक्ष  केपी  शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छध्र कार्यक्रममा  महासचिव  पोखरेलले  शनिबार बस्ने  बैठकबाट  यसबारे  टुंगो  लगाउने बताए ।

‘अब  धेरै  प्रतीक्षा  गर्नु  उचित हुँदैन  भन्ने  मेरो  बुझाइ  छ,”  महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट  पार्दै  भने,  भोलि  बस्ने  ‚’थायी कमिटीको बैठकबाट वारपार हुन्छ।” उनले   एक   छुट्टै   प्रसंगमा   नेता नेपाललाई  पार्टीको  दोस्रो  अध्यक्ष  बनाउने प्रस्ताव  पनि  स्वीकार्य  नहुने  बताएका थिए ।

एमालेको  विधानले  त्यस्तो  व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए । उनले   यसअघि   विवाद   समाधानका लागि  बनेको  कार्यदलबाट  पारित  १०  बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने  पनि  बताए ।

 हामी  २०७५ साल  जेठ  २  गतेअघि  जाने  कुरा  गरिरहेका छौँ,”   उनले   भने, त्यसरी   जाँदा विद्यमान  विधान र नियमावलीमा  के  छ  ? त्यसमा  व्यवस्था  भएका  कुराहरुलाई  नै पालना गर्नुपर्छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP