मंगलबार , असार २३, २०८३

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग राखेर ४६ दिनदेखि आन्दोलनरत चिकित्सक विद्यार्थी र कर्मचारीहरुले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

४६ दिनसम्मको शान्तिपूर्ण आन्दोलनलाई राज्यले नदेखेझैं गरेको आरोप लगाउँदै आन्दोलनकारीले तत्कालै स्वास्थ्य सेवा प्रभावित हुने गरी नयाँ आन्दोलन घोषणा गर्ने चेतावनी दिए।

प्रतिष्ठानको समस्या र आन्दोलनबारे राजनीतिक दलका नेताहरुसँग आयोजना गरिएको भर्चुअल छलफलमा सहभागी नेताहरुले स्वास्थ्य सेवा प्रभावित पारेर आन्दोलन नगर्न सुझाव दिएका थिए। एमाले नेता भीम आचार्य, माओवादी नेता गणेश साह लगायतले आन्दोलनकारीको माग जायज रहेको तर जनतालाई दुःख दिने गरी आन्दोलन नगर्न सुझाव दिए।

जवाफमा आन्दोलनकारीले धैर्यताको बाँध टुटेको बताएका थिए। ‘हामी ४६ दिनदेखि सत्याग्रहपूर्ण आन्दोलनमा छौं’, प्रतिष्ठानस्थित संयुक्त संघर्ष समितिका सह संयोजक डा. विष्णु पोखरेलले भने ‘हाम्रो यस्तो आन्दोलनलाई राज्यले देखेको नदेख्यै गरेको छ। अब हामी बाध्य भएर स्वास्थ्य सेवा रोकेरै आन्दोलनको तयारीमा लागेका छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP