शुक्रबार , चैत्र २८, २०८१

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग राखेर ४६ दिनदेखि आन्दोलनरत चिकित्सक विद्यार्थी र कर्मचारीहरुले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

४६ दिनसम्मको शान्तिपूर्ण आन्दोलनलाई राज्यले नदेखेझैं गरेको आरोप लगाउँदै आन्दोलनकारीले तत्कालै स्वास्थ्य सेवा प्रभावित हुने गरी नयाँ आन्दोलन घोषणा गर्ने चेतावनी दिए।

प्रतिष्ठानको समस्या र आन्दोलनबारे राजनीतिक दलका नेताहरुसँग आयोजना गरिएको भर्चुअल छलफलमा सहभागी नेताहरुले स्वास्थ्य सेवा प्रभावित पारेर आन्दोलन नगर्न सुझाव दिएका थिए। एमाले नेता भीम आचार्य, माओवादी नेता गणेश साह लगायतले आन्दोलनकारीको माग जायज रहेको तर जनतालाई दुःख दिने गरी आन्दोलन नगर्न सुझाव दिए।

जवाफमा आन्दोलनकारीले धैर्यताको बाँध टुटेको बताएका थिए। ‘हामी ४६ दिनदेखि सत्याग्रहपूर्ण आन्दोलनमा छौं’, प्रतिष्ठानस्थित संयुक्त संघर्ष समितिका सह संयोजक डा. विष्णु पोखरेलले भने ‘हाम्रो यस्तो आन्दोलनलाई राज्यले देखेको नदेख्यै गरेको छ। अब हामी बाध्य भएर स्वास्थ्य सेवा रोकेरै आन्दोलनको तयारीमा लागेका छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP