मंगलबार , अषोज २७, २०८३

नेपाली काँग्रेसमा क्रियाशील सदस्यको विवाद समाधान गर्न मापदण्ड बनाइने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच यस्तो सहमति बनेको हो ।

बारा, सर्लाही, धनुषा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा गरी ६ जिल्लाको क्रियाशील विवाद ५ दिनभित्र सहमति निकाल्ने गरी नेताहरुले छलफल गरेका थिए । काँग्रेसभित्र अन्य पार्टीबाट आएका सदस्यताबारे विवाद छ ।

बारा र सप्तरीको जिल्लाभरी, धनुषाको क्षेत्र नम्बर ४, सर्लाहीको २ का अलावा रसुवा र सिन्धुपाल्चोकको विभिन्न पालिका र वडाहरुमा विवाद छ ।

क्रियाशील सदस्यतासम्बन्धी विवादले काँग्रेसको महाधिवेशनका लागि हुने वडास्तरीय अधिवेशन अन्यौलमा छ । यसले महाधिवेशन भर्दौमा हुने सम्भावना लगभग टरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP