मंगलबार , बैसाख २९, २०८३

रोयल ईनफिल्ड (बुलेट मोटरसाइकल) को नयाँ मोडल मेटिअरका ३ भेरियन्ट बुटवलमा लन्च गरिएको छ । नारायणी पश्चिम नेपालगञ्ज सम्मको आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्रालि बुटवलले बुटवल कालिकानगरमा बुधबार एक कार्यक्रमका विच मेटिअर बुलेट मोटरसाइकलको लन्च गरेको हो ।

युवाहरुको विशेष रोजाईमा पर्ने रोयल इन्फिल्ड बुलेटका क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरि चार मोडलहरु यसअघि नै बजारमा उपलब्ध रहेको थियो । बुधबार पाँचौ मोडल मेटिअर बुटवल सहित देशभर लन्च गरिएको प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेले जानकारी गराउनु भयो । हाल ३५० सिसिका सुपरनोभा, स्टेलर र फायर बल गरि तीन भेरियन्टका मोटरसाइकल उपलब्ध हुने अध्यक्ष गैरेले बताउनु भयो । अध्यक्ष गैरेका अनुसार नयाँ मोडल अनुसार सुपरनोभा ६ लाख ४५ हजार, स्टेलर ६ लाख १७ हजार र फायर बल ६ लाख बजार मूल्यमा उपलब्ध छ । यो मोटरसाइकल भारतको चेन्नईमा ५ वटा फैक्ट्रिबाट उत्पादन भैरहेको छ । नयाँ मोडलका मेटियर बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान गरिएको छ भने १५ लिटर टंकी र सुरक्षाको मापदण्ड अपनाईएको छ । बाईकको ४० किलोमिटर प्रति लिटर माईलेज दिने, स्पोर्टी लुक्स रहेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताउनुभयो ।

रोयल ईनफिल्डको नयाँ भेरियन्टको बुधबार एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष प्रेम न्यौपाने र प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले संयुक्तरुपमा विक्री शुभारम्भ गर्नुभयो । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिजय उपाध्यक्ष नरिश्वर पौडेल, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष प्रेम गैरे, पत्रकार खिमानन्द भट्टराईले दिगोपन र सुरक्षाका विषयमा विक्रेता कम्पनीले आफ्ना उपभोक्ताहरुलाई जानकारी गराउनुपर्ने भन्दै ब्यवसायिक सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP