शुक्रबार , चैत्र २८, २०८१

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको पद बहाली कार्यक्रमलाई प्रदेश सरकारका प्रतिनिधिले बहिष्कार गरेका छन् ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गरेका शेरचनलाई प्रदेश सरकारका तर्फबाट स्वागतसमेत गरिएन ।

प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्दा माओवादी केन्द्रसहित विभिन्न दलका कार्यकर्ताको लर्को थियो । तर सो कार्यक्रममा मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरु भने उपस्थित थिएनन् ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीसहित मन्त्रीहरु सरकारको कामको समीक्षामा तीन दिनदेखि व्यस्त रहेकाले प्रदेश प्रमुखको स्वागतमा जान नपाएको बताए ।

उनले भने, ‘प्रदेश प्रमुखको स्वागतमा जानुपर्ने त हो तर सरकारको कामको समीक्षा चलिरहेका कारण जान पाइएन ।’

उल्लेखनीय छ, यसअघि पदमुक्त भएका प्रदेश प्रमुख धर्मनाथ यादवलाई भने प्रदेश सरकारका तर्फबाट बिदाइ गरिएको थियो । तर नवनियुक्त प्रदेश प्रमुखलाई स्वागत गर्न प्रदेश सरकारले बेवास्ता गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP