सोमबार , अषोज २६, २०८३

अखिल नेपाल फुटबल संघ (एन्फा)ले केन्द्रीय कार्यसमितिको आपातकालीन बैठकको आह्वान गरेको छ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङमाथि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले लगाएको आरोप पछि उत्पन्न भएको परिस्थितिको बारे छलफल गर्न शुक्रवार आपातकालीन बैठक बस्न लागिएको हो। उपाध्यक्ष नेम्बाङले घटनाक्रम बारे छानबिनको निवेदन दर्ता गरेपछि एन्फाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

प्रशिक्षक अल्मुताइरीले आइतवार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष नेम्बाङले उनको काममा पछिल्ला तीन सातादेखि बाधा उत्पन्न गरेको भन्दै आरोप लगाएका थिए। सोही कारणले उनी राजीनामा दिन एन्फा जान लागेको बताएका थिए। तर एन्फा अध्यक्षको सुझाव अनुसार उनले लिखित रूपमा राजीनामा नदिएर केही दिनको छुट्टीमा बसेका छन्।

उता नेम्बाङले भने आफूमाथि लगाइएको आरोप सत्य सावित भए राजीनामा दिने जानकारी दिएका छन्। नेम्बाङले आउँदो चुनावको लागि आफ्नो छवि बिगार्ने काम गरिएको र त्यसका लागि तुरुन्तै छानबिन समितिको बैठक बस्नुपर्ने माग गरेका थिए।

त्यस घटना पश्चात् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अल्मुताइरी सम्मिलित छैनन्। औपचारिक निष्कर्ष नआउन्जेल उनलाई आराम दिइएको छ। आइतवार नै नेपालले साफ च्याम्पियनशिप आयोजना गर्ने आधिकारीक प्रस्ताव पाएको थियो। शुक्रवार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सो विषयमा पनि छलफल गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP