सोमबार , चैत्र २४, २०८१

पर्सा प्रहरीले भारतमा बेच्न लगिएका दुई नेपाली चेलीको उद्धार गरेको छ। प्रहरीले झापाको विर्तामोड नगरपालिका-२ की १६ वर्षीया किशोरी र २० वर्षीया युवतीको उद्धार गरेको हो।

उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा भारतको बिहारस्थित मोतिहारी जिल्लाको छौडादानो शहरबाट उद्धार गरी वीरगंज ल्याइएको छ। माइती नेपालको सहयोगमा उद्धार गरिएकी ती दुई युवतीलाई हाल वीरगंजस्थित माइती नेपालकै शरणमा राखिएको छ।

वीरगंजबाट करिब ३० किलोमिटर पूर्व दक्षिणमा पर्ने छौडादानोमा भएको एक घरमा मोबाइल खोसेर उनीहरुलाई बन्धक बनाएर राखिएको थियो। भारतमा बेच्न लागेको पूर्व सूचनाको आधारमा माइती नेपालको सक्रियतामा पर्सा प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

साउन १२ गते दुई युवतीलाई उद्धार गरी वीरगंज ल्याएपछि उनीहरुलाई भारतमा बेच्ने गिरोहका दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ। पक्राउ पर्नेमा विर्तामोड-९ की २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका-१२ की १९ वर्षीया खुश्बु विश्वकर्मा रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी गराएका छन्।

पक्राउ परेका दुई युवतीलाई मानव बेचविखन सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिने म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP