शुक्रबार , भाद्र १२, २०८३

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अपांगता भएका स्थानीयलाई घरमै पुगेर नागरिकता प्रदान गर्न थालेको छ।

हिँड्डुल गर्न नसक्ने खालको शारीरिक अपांगता भएका र नागरिकता नपाएकाहरुलाई घरमै पुगेर नागरिकता दिन थालिएको हो।

यसैक्रममा बुधबार वीरेन्द्रनगर–१० की रियाना बानुलाई नागरिकता दिइएको छ। उनी गत वर्ष घरको छतबाट खसेर घाइते भएकी थिइन्। त्यसयता उनको कम्मरमुनिको भाग चल्दैन।

‘हामीले हिँड्डुल गर्न नमिल्ने अपांगता भएकाहरुलाई घरमै पुगेर नागरिकता दिने अभियानलाई निरन्तरता दिन खोजेका छौं,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नदिन यो अभियानको निरन्तरता जरुरी पनि छ।’

जिल्लामा यस्तो अपांगता भएका र तिमध्ये नागरिकता पाउन बाँकी कति जना छन् भन्ने तथ्याङ्क भने छैन। तर यस्तो अवस्था भएर कसैले प्रशासनलाई खबर गरेमा प्रशासनको टोली नागरिकता लिएर घरमै जाने प्रजिअ रिजालले बताए।

उनका अनुसार जिल्लाको पश्चिम क्षेत्रमा ईलाका प्रशासन कार्यालय भएकाले त्यो क्षेत्रका त्यस्ता नागरिकलाई घरमा गएर नागरिकता दिने कार्य ईलाका प्रशासनले गर्ने बताए।‘पश्चिममा इलाकाले यो काम गर्छ, हामीले निरन्तरता दिन पनि भनिसकेका छौं,’ रिजालले भने, ‘बाँकी भागमा जिल्लाबाटै टोली गएर नागरिकता दिन्छ, हामीलाई नजिकको कसैले खबर गरिदिनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP