शनिबार , जेठ ३२, २०८२

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् ।

सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालय शंखमूलमा बुधवार बसिरहेको बैठकमा सांसदहरूले सरकारमा सहभागी हुन दबाब दिएको एक सांसदले जानकारी दिए । बैठकमा १९ सांसद सहभागी छन् ।

सांसद एवं केन्द्रीय सदस्य मेटमणि चौधरीले आफैंले बनाएको सरकारलाई असफल हुन नदिन सरकारमा जानुपर्ने धारणा आएको जानकारी दिए । चौधरीले संसदीय दलमा बहुमत जुटाउने दाबी पनि गरे ।

चौधरीलगायत देउवालाई विश्वासको मत दिएका सांसदहरूले सरकारमा सहभागी हुने निर्णय गर्न नेता नेपाललाई दबाब दिएका छन् । नेता नेपालले भने सांसदहरूको कुरा सुनिरहेका छन् । आजको बैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू भने उपस्थित छैनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सर्वदलीय बैठकमा माधव नेपाल पक्षका नेता डा. विजय पौडेलले सरकारमा सहभागी नहुने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP