मंगलबार , बैसाख २९, २०८३

धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एक किलोमिटर सुरुङ निर्माण कार्य सकिएको छ । २.६८ किलोमिटर लम्बाइको सुरुङमध्ये मंगलबारसम्म काठमाडौं र धादिङतर्फ ९ सय ९८ मिटर सुरुङ निर्माण पूरा भएको हो ।
गत वर्षको ७ पुसबाट सुरुङ छेड्ने काम सुरु भएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
लम्बाइ २.६८ किमी, चौडाइ ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमी निर्माण हुनेछ । २४ सै घण्टा करिब ६ सय ५० प्राविधिक जनशक्ति सहितको टोलीले सातामा ६ दिन सुरुङमार्ग खन्ने काम भैरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । “औसतमा ६ देखि ७ मिटरसम्म सुरुङमार्ग खन्ने काम भैरहेको छ,” शाक्यले भने, “धादिङतर्फ खन्नको लागि सहज हुँदै गएको छ । त्यहाँ राम्रो चट्टान भेटिँदै गएकाले दैनिक ६ मिटर सम्म खनिएको छ । काठमाडौंतर्फ राम्रो चट्टान नभेटेकाले गर्दा दैनिक अधिकतम औसतमा ५ मिटरसम्म खन्ने काम भैरहेको छ ।”

२०२३ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो सुरुङमार्गको काम बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्काे सिफ्टमा सुरुङमार्ग खन्ने काम भइरहेकोे छ । ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट खनिएको आयोजनाले जनाएको छ ।
प्रमुख शाक्यका अनुसार मासिक ४ प्रतिशत भौतिक प्रगति लक्ष्य राखेर समयमा नै आयोजना सम्पन्न गर्नको लागि दुई सिफ्टकै सयममा लक्ष्य प्राप्तिको लागि काम भैरहेको छ । आयोजनाका अनुसार, हालसम्म १६ प्रतिशत भौतिक प्रगति र २६ प्रतिशत आर्थिक प्रगति भएको छ ।
केही समय केही ढिलो काम शुरु भएको भए पनि आयोजना तोकिएको समयमा नै (१६ महिना) भित्रै निर्माण कार्य सम्पन्न हुने विश्वास लिएको आयोजना प्रमुख शाक्यले बताए । जापानको निर्माण कम्पनी हाज्मा एन्दो करपोरेसन्ले निर्माणको जिम्मा लिएको सो परियोजनाको काठमाडौंतर्फको सुरुङमार्गबाट माटोलाई पहुँच मार्ग र धादिङ तर्फबाट निकालिएको माटोलाई रोडसाइड सर्भिस स्टेशन निर्माणको लागि माटो भर्ने काम, निर्माण स्थलको साइड क्लियरेन्सको काम भैरहेको छ ।

सुरुङमार्गमा दुई इन्टर चेन्ज (फ्ल्याइ ओभर र अन्डरपास) ब्रिज सहित निमार्ण हुनेछ । रोड साइड सर्भिस सेन्टर (रेष्टुरेन्ट, शौचालय, डिपार्टमेन्ट स्टोर)सहित धादिङ तर्फको क्षेत्रमा पाकिङ स्थल सुरुङमार्ग नागढुंगा सुरुङ मार्ग तथा एप्रोच सडकको निर्माणका लागि त्रिभुवन राजमार्गको काठमाडौं बलम्वुबाट सुरु भएर आकाशटोल, त्रिवेणीघाट, दहचोक, टुटीपाखा हुँदै त्रिभुवन राजमार्गको धादिङ सिस्ने खोलामा गएर राजमार्गलाई जोड्ने छ । सुरुङमार्गले नागढुंगा–सिस्नेखोला करिब साढे ८ किमि दूरीलाई २.६८ किमिमा छोट्याउने छ ।
सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरि कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP