मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।

क्रियाशील सदस्यता छानविन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६७८ जनाले नवीकरण गरेका छन् । १३ औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए । कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको हो । समितिले बुझाएको प्रतिवेदनमा ६ लाख ५३ हजार ४३८ पुरुष क्रियाशील सदस्य रहेका छन् भने महिला सदस्यता १ लाख ९९ हजार ९७ जना मात्रै छन् । अन्यमा १७६ क्रियाशील सदस्य रहेका छन् ।

उमेर समूह अनुसार क्रियाशील

कांग्रेसमा ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या झण्डै तीन लाख पुगेको छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या ४० हजार ४२७ रहेको छ भने २६ देखि ४० वर्षका २ लाख ४९ हजार ७७४ क्रियाशील सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ४१–६० वर्षका ३ लाख २८ हजार २३४ छन् भने ६१–७५ उमेर समूहका क्रियाशील सदस्यको संख्या ८३ हजार १० रहेको छ । ७६ वर्षमाथिका क्रियाशील सदस्य ११ हजार ७८२ जना रहेका छन् ।

समावेशी समूह क्रियाशील सदस्य

कांग्रेसमा क्रियाशील सदस्यता संख्या सबैभन्दा बढी खस–आर्य समुदायको छ । खस–आर्यतर्फ तीन लाख ६७ हजार ६११ क्रियाशील सदस्य रहेका छन् भने आदिवासी जनजातितर्फ २ लाख ८ हजार १५९ जनाले क्रियाशील सदस्यता पाएका छन् । अल्पसंख्यक ६ हजार ८२९, मधेसी ९५ हजार १४१, मुस्लिम १६ हजार ९७०, थारु २७ हजार ६१५ र पिछडिएको क्षेत्रका १४ हजार ९१४ जनालाई क्रियाशील सदस्यता प्रदान गरिएको छ । अपांगता भएका क्रियाशील सदस्यता जम्मा २०१ जना रहेको प्रतिवेदनमा उल्लेख छ ।

सात प्रदेशमध्ये सबैभन्दा बढी क्रियाशील सदस्यता बागमती प्रदेशमा रहेको छ । बागमतीमा १ लाख ८६ हजार १४३ क्रियाशील सदस्यता रहेकोमा कर्णालीमा सबैभन्दा कम जम्मा ५४ हजार ५६६ क्रियाशील सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP