शुक्रबार , भाद्र १२, २०८३

जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

टोकियोको एक्‍वेटिक सेन्टरमा आज भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन्।

एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ। हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलको यात्रा तय गर्ने छन्। एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई भने पछि पारेका थिए।

त्यस्तै नेपालकी अर्की खेलाडी गौरीका सिंहले भोलि प्रतिस्पर्धा गर्ने छिन्। उनले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्।

यसअघि शनिबार भएको खेलमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियार छनोट चरणबाट बाहिरिसकेका छन्। सोनियाले ४८ केजी तौल समूहमा र सुटिङकी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP