शुक्रबार , भाद्र १२, २०८३

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

बिहान ९ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नै बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा रहेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न गठित छानविन समितिले प्रतिवेदन बुझाउने तयारी पनि गरेको छ । समितिको उक्त प्रतिवेदनलाई आधार मानेर क्रियाशीलता सदस्यता विवादलाई लिएर पार्टी कार्यालयमा जारी धर्ना र अनसनरत नेता कार्यकर्ताको माग सम्बोधनको तयारी पनि भएको छ ।

आजको बैठकमा फेरफेर भएका महाधिवेशनका कार्यतालिकालाई कसरी अघि बढाउँदै महाधिवेशन निर्धारित मितिमै अघि बढाउन सकिन्छ भन्नेबारेमा पदाधिकारीहरुले राय दिने  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  साउन १२ का लागि तय भएको कांग्रेसको वडा अधिवेशन स्थगित भइसकेको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।

आजको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल हुने जनाइएको छ । सभापति देउवाले सल्लाह नै नगरी स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि कतिपय नेताहरु रूष्ट छन् । उनीहरुले यसबारे प्रश्न उठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP