शनिबार , बैसाख ६, २०८२

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

काठमाडौं किङ्स-११ ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले टोलीबाट ईपीएल खेल्ने जानकारी गराएको छ। अन्तराष्ट्रिय खेलाडीको रुपमा काठमाडौंले अफ्रिदीलाई अनुबन्ध गरेको हो ।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए ।

अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी-ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए ।

यसअघि  काठमाडौंले राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्धित गरिसकेको छ ।

कार्यक्रममा किग्स इलेभेनका मालिक रोहित गुप्ताले नयाँ सिजन राम्रा खेलाडी अनुबन्ध गर्ने प्रयास गरिरहेको बताए । उनले खेलकुदको माध्यमबाट पर्यटनको विकास गर्न सकिनेमा जोड दिदै अन्तराष्ट्रिय खेलाडी नेपाल आउदा पर्यटनमा टेवा पुग्ने धारणा राखे ।

गुप्ताले साहिद अफ्रिदीसंगै विश्व क्रिकेटका ठुला नामले यस सिजन काठमाडौंबाट ईपीएल खेल्ने बताए ।

‘विदेशी खेलाडीको केही कोटा बाँकी नै छ । विश्व क्रिकेटमा अझ राम्रो नाम टिममा जोड्ने प्रयास गरिरहेका छौं ।’ उनले भने ।

काठमाडौंले यस सिजन नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने सहित दिपेन्द्र सिंह ऐरीलाई नयाँ सिजनका लागि टिममा समावेश गरेको छ । विकेट किपर ब्याट्सम्यान सुवास खकुरेलसमेत काठमाडौंमा आबद्ध छन् ।

टिमका सह–मालिक सञ्जय अग्रवालले कोभिडले अर्थतन्त्रलाई असर गरेको भएपनि खेलकुदमा लगानी गर्न आफुहरु ईपीएलमा सहभागी भएको बताए । उनले व्यवसायसँगै सामाजिक उत्तरदायित्व अघि बढाउन प्रतियोगितामा लगानी गरेको धारणा राखेका थिए ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।

४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP