सोमबार , अषोज २६, २०८३

मन्त्रालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले आधारभुत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने योजनामा काम गरिरहेको बताएकी हुन्।

मन्त्री भुसालले विद्युत् महसुलमा पुनःविचार गर्ने नीति बनाउने पनि बताइन्। महसुल महंगो भएको बताउँदै यसलाई उपयोगको आधारमा समायोजन गर्नुपर्ने उनको धारणा थियो।

ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ भएको बताउँदै मन्त्री भुसालले त्यसको खपत स्वदेशमै हुनुपर्ने पनि बताइन्। उत्पादन भएको विद्युत् स्वदेशमै प्रयोग गर्न सक्ने गरी रणनीतिक योजना तयार गर्ने उनले दाबी गरिन्।

सर्वेक्षण र विस्तृत अध्ययन भएका ठूला जलाशययुक्त र अर्धजलाशयुक्त आयोजना सरकारले बनाउनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गरिने बताइन्।

उत्पादन वृद्धि गर्ने, बिजुलीको सस्तो दर तोक्ने, सहुलियत दिने र उपभोक्ता बढाउनेतर्फ आफू लाग्ने बताउँदै मन्त्री भुसालले स्वदेशी विद्युत्‌ले विदेशबाट आयात हुने पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने गरी नीति तयार गर्ने बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP