
गैर आबासीय नेपाली संघ, NRNA अस्ट्रेलिया को चुनाव यही आउदो शनिबार जुलाई ३१ तारिखमा हुन गहिरहेको छ। संसारभर छरिएर रहेका गैर आवासीय नेपालीहरुको छाता संगठन NRNA को चुनाबी प्रतिस्पर्धा निकै महत्वपुर्ण त छदै छ साथै चुनाबी सरगर्मी पनि त्यत्तिकै तात्ने गर्छ। आफ्नो मातृभूमि छाडेर बिभिन्न देशहरुमा बिभिन्न कर्मक्षेत्रमा लागेका नेपालीहरुले नेपाली दाजुभाई-दिदीबहिनीहरुको हकहित र अधिकारका लागि सांगठनिक रुपमा आवाज उठाउन र संगठनिक तवरले समस्या सामाधान गर्नका लागि भनेर गठन गरिएको गैरआबासीय नेपालि संघ पनि देशको राजनितिबाट अलग हुन नसकेका कुरा चुनाबी माहोलमा देखा पर्दै आएको छ। हरेक नेपालीहरुले आफ्नो देश को राजनीतिमा चासो राख्ने गर्छन र कुनै न कुनै रुपमा नेपालको दलिए स्वरुप बिदेशमा पनि देख्न र सुन्न पाइन्छ । वास्तबमा भन्ने हो भने NRNA को चुनाबमा नेपालका नेताहरुको वा उनीहरुको बिचार सिद्धान्त प्रतक्ष्य वा अप्रतक्षय रुपमा देखा पर्ने गरेको छ, र कतिपय अवस्थामा त चुनाब बिदेशमा भएपनि नेपालका नेताहरुको निर्देशनमा त्यहाको राजनीती चलेको छ भन्दा अनुपयुक्त नहोला। आफुसंग भएको राजनीतिक विचार र आस्था आफुसंगै रहे पनि संगठनको कामका लागी राजनीति भन्दा माथि उठेर बिशुद्ध संगठनका लागि काम गर्छु भनेपनि कता-कता हरेक क्रियाकलापमा राजनीतिको गन्ध आएको हुन्छ नै।
यही परिप्रेक्ष्यमा आउदो ३१ जुलाइका दिन हुन गहिरहेको चुनाबमा अस्ट्रेलियाको नर्दन टेरिटोरीमा पनि चुनाबी सरगर्मी निकै जोड्तोड़ले तातेको छ। प्रजातान्त्रिक अभ्यास र प्रजातान्त्रिक मुल्य मान्यता अनुरुप चुनावी प्रतिस्प्रधामा उत्रनु स्वाभाविकनै ठानिन्छ र यहा एन . टि.मा पनि केन्द्रीए उपाध्यक्ष तथा स्टेट कोर्डिनेटरको रुपमा दुइ जना उमेद्वावा र प्रतिस्प्रधामा उत्रिएका छन् भने केंद्रिय सदस्यहरु तथा डार्विन NRNA NT मा सदस्यरुपमा अन्य सदस्यहरु पनि उत्रिएका छन्।यसलाई सरसरति हेर्दा दुइओटा प्यानल, चुनाबी मैदानमा छन् : बिष्णु चापागाईको प्यानल र आसिश भुसालको प्यानल। दुवै नेतृत्वको आआफ्नै बिस्वास र आस छ कि यसपालिको चुनाबमा मेरै जित निश्चित छ भनेर । हुन त प्रतिस्प्रधामा उठे पछि हार्छु भनेर कोहि पनि उठेको हुदैन र जित्नैका लागि उठेका हुन्छन। जित्नका लागि सबै प्यानलले आ-आफ्नो एजेन्डा, कार्येक्रम र योजनाहरु सार्बजनिक गरेका छन।
बिष्णु चापागाई, बिगत १० बर्ष देखिनै NRNA मा प्रतक्ष्य आप्र्तक्षय रुपमा संलग्न रहदै आएको र आफुलाई धेरै अनुभब रहेको बताउछन। साथै NRNA मा भएका धेरै कमजोरी आफुले देखेको र त्यस्लाई सच्याउन पनि आफुले उमेदवारी दिएको बताउछन। २०१५ -२०१७ मा NRNA NT को सल्लाहकारको रुपमा सहयोगी भूमिका खेलेका चापागाई, पछि २०१७-२०१९ मा एनसीसी मेम्बर भएका थिय। आघिल्लो कार्यकालमा समुदायलाई मिलाउन आफुले उमेदवारी दियको पदको त्याग गरि सहयोग गरेका उनि आहिले भने आफु पछि नहट्ने अडानमा छन्। समुदायले बिस्वाश गरे पनि वा नगरे पनि समुदायको हितको लागि सधै लागि पर्ने उनको स्पस्ट भनाइ छ।
त्यसैगरी अर्का उमेद्वार आशिस भुसाल, आफुलाइ साथीहरुलेनै तिमीमा भिजन, युवा जोस र जागर छ,सधै पर्दा पछाडी रहेर योगदान गर्येउ अब मैदानमा उत्रनु पर्छ र केहि देखाउनु पर्छ भनेर आश भरोसा र बिश्वास दिलाएकै कारण उमेद्वारी दिएको बताउछन । यहा रहॆका नेपालीको लागि सधै पर्दा पछाडी रहेर काम तथा सेवा गर्ने तर आफु कहिल्लै पनि बाहिर देखिन त्यति नरुचाउने भुषाल अहिले भने खुलेरै लागेका छन्। २०१९-२०२१ को कार्यकालमा सचिव भइ निकै राम्रो काम गरेका उनि अझ धेरै बिकशित र अझै राम्रो खालको योजना रहेको बताउछन।
दुवैजजनाको आ-आफ्नो प्यानल भएपनि जितेपछी वा जितेको अर्को दिन बाट प्यानलको भिन्नता र त यो प्यानलको म यो प्यानलको भन्ने मानास्थिथि बाट माथि उठेर सबैको हक हित मा समान ब्यबहार र सम्मानका साथ अघि बढ्ने कुरामा दुवै प्रतिस्प्रधी सहमत छन।
हो, यहाको नेपाली समुदाय पनि यही चाहन्छ, जसको जित भएपनि अवका दिनमा भेदभाब हुनेछैन र बिगतमा भयका फेस्टिबल लगाएतका थुप्रै विभिन्न कार्यक्रममा केहि विवादित समस्याहरुले सदस्यहरुको चित्त दुख्ने देखि लिएर नेताहरु प्रतिको आक्रोश सामाजिक संजालमा धेरै आए पनि अबका दिनमा नेपाली समुदायमा कोहि कसैको चित्त नदुखाउने गरि कार्य गर्ने र विवाद रहित आफ्नो कार्यकाल उत्साहजनक तवरले पुरा हुनेछ भन्ने शुभकामना दिन चाहन्छौ।
NRNA-NT को स्टेट कोडीनेटर का उमेदवार बिष्णु चापागाई र आशिष भुसाल संग पुराखबरका पत्रकार सबिन बरालले लिएको अन्तरबार्ता
आशिश भुसाल संगको अन्तरबार्ताको भिडियो
बिष्णु चापागाई संगको अन्तरबार्ता