सोमबार , अषोज २६, २०८३

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई जवाफी पत्र लेखेका छन् । ओलीले कात्तिक २५ मा पठाएको १० पन्ने पत्रको जवाफमा प्रचण्डले ७ पन्ने जवाफी पत्र लेखेका हुन् ।

शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीलाई बुझाइएको जवाफी पत्रमा प्रधानमन्त्रीले दिउँसै रात पार्ने जाली एवं झुट कुरा गरेको प्रचण्डले बताएका छन् ।

मन्त्रिपरिषद पुनर्गठन र राजदूतहरुको नियुक्ति प्रचण्डसँग सल्लाह गरेरै गरिएको भन्ने प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाउँदै प्रचण्डले ओलीलाई लेखेको जवाफमा भनेका छन्, सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु यो त दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ?’

आफूले ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई मन्त्रीबाट हटाउनुपर्छ नभनेको, बरु बादललाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव राखेको र प्रदीप ज्ञवालीलाई पनि नहटाउन भनेको प्रचण्डले ओलीलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले राति–राति बालुवाटारबाट गुटबन्दी गरेको तर, आफूलाई गुटबन्दीको आरोप लगाएको भन्दै प्रचण्डले प्रश्न गरेका छन्, ‘अर्काको आङको जुम्रा देख्ने, आफ्नो आङको भैसी पनि नदेख्ने भनेको यही होइन र ?’

प्रधानमन्त्री ओलीले चिप्ला कुरा गर्ने गरेको बताउँदै प्रचण्डले त्यसलाई ‘विष भरिएको घैंटोको मुखमा रहेको अमृत’ को उपमा दिएका छन् ।

सचिवालयका सदस्यहरुलाई वितरण गरिएको पत्रमा भनिएको छ, मैले दुःखका साथ भन्नुपर्छ कि यो चिप्ला र गुलिया शब्दजालभित्र प्रस्तुत गरिएको झूठको पुलिन्दा हो । अनुभूतिको तहमा मैले यसलाई ‘विष कुम्भम् पयो मुखम्’ का रुपमा महसुस गरें ।

प्रधानमन्त्री ओलीले आफूमाथि अतिचार गरेको बताउँदै प्रचण्डले पत्रमा भनेका छन्, ‘अति गर्नू अतिचार नगर्नू भन्छन्, यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, इन अफ इज इनअफ ।’

https://drive.google.com/file/d/1C7tO2d8ErWsaRvVLV5w1NeTCc_KkPE02/view

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP