शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ — जम्मू-कश्मीरस्थित भारत–पाकिस्तान सीमामा शुक्रबार भएको झडपमा १६ जनाको मृत्यु भएको छ । जसमा तीन भारतीय सैनिक र एक जना पाकिस्तानी सैनिक पनि रहेका छन् ।

दुवै पक्षका गरी कम्तीमा ३६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । दुवै पक्षले एक अर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।

पाकिस्तानी अधिकारीहरुले शुक्रबार राति भारतले रकेट र मोर्टार सेल प्रहार गर्दै द्वन्द्वको सुरुवात गरेको आरोप लगाएको छ । पाकिस्तानी अधिकारीका अनुसार एक जना पाकिस्तानी सैनिक र ५ जना सर्वसाधारणको भारतीय आक्रमणमा परी मृत्यु भएको छ । त्यस्तै पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार आक्रमणमा परी ३० जना सर्वसाधारण र ५ जना सैनिक घाइते भएका छन् ।

भारतीय अधिकारीका अनुसार पाकिस्तानले गरेको आक्रमणमा परी ६ जना सर्वसाधारण, तीन जना सैनिक र एक जना बीएसएफ जवानको मृत्यु भएको छ । भारतीय सेनाले पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्दै पहिले आक्रमण गरेको पनि आरोप लगाएको छ । जवाफी कारबाहीमा पाकिस्तानतर्फको भौतिक संरचना ध्वस्त बनाएको भारतीय सेनाले दाबी गरेको छ ।

पाकिस्तानी अधिकारीले भने पाकिस्तान प्रशासित जम्मू–कश्मीरको नीलम र लीपा उपत्यकामा सर्वसाधारणलाई लक्षित गरी भारतले आक्रमण गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 126 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP