सोमबार , अषोज २६, २०८३

सबिन बराल / बुटवल । सरकारले फिल्म हल खोल्ने अनुमति नदिएपनि कति निर्माता स्थिति सामान्य भएपछि छायाँकन जाने भन्दै तयारी गनै थालेका छन् । यस्तैमा फिल्म ‘भाँडाकुटी’ युनिटले पनि अहिले चलचित्र छायाँकनको तयारी गरिरहेको छ । छायाँकनका लागि यो युनिट अभिनेता मुकुन भुषाल र अभिनेत्री बेनिशा हमाल सहित लोकेसन हेर्न काठमाडौं बाहिर निस्किएको छ । फागुन पहिलो साताबाट छायाँकन हुने फिल्म युनिट अहिले लोकेशन हेर्न बुटवलमा आएको छ ।

निर्देशक किरण विकको साथमा फिल्मका लागि लोकेशनमा निस्किएका कलाकार मुकुन र बेनिशाले बुटवलको तिनाउ खोलामा रोमान्टिक अवतारमा केही तस्विर समेत खिचाएका छन् । पहिलोपटक यसै फिल्ममार्फत जोडीको रुपमा देखिन लागेका उनीहरुको तस्बिर हेर्दा एकअर्कासँग घुलमिल भैसकेको अनुमान लगाउन सकिन्छ । फिल्ममा मुकुन र बेनिशाका अलावा महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतको पनि अभिनय रहनेछ l

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP