मंगलबार , बैसाख २९, २०८३

डार्बिन । अस्ट्रेलियाको टप इन्ड डार्बिनमा मे २९ शनिवार नेपाल फेष्टिभल २०२१ सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटर फन्टमा यो फेस्टिभल भएको थियो ।

एन आर एन ए उपाध्यक्ष एवं राज्य संयोजक हेम पुनका अनुसार महोत्सबमा भच्र्युल नेपाल टुर, फोटो बुथ, नेपाल हाउस र बालबालिकाहरुको लागि फेस पेन्टिङको पनि ब्यवस्था गरिएको थियो । महोत्सबमा करिब १० हजार जना सहभागी भएका थिए ।

कार्यक्रममा स्थानिय कलाकारहरुले गायन, नृत्य र पूर्व मेची देखि महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि प्रस्तुत गरेका थिए ।

राज्यका बहुसाँस्कृितक मन्त्री केट वार्डेन, नेपाली दुतावास क्यानबेराकी कार्यवाहक राजदुत दु्रपदा सापकोटा, संघिय साम्सद लुक गोस्लिङ, बहुसास्कृतिक समुदायका पदाधिकारीहरू, डार्बिन सहरका काउन्सिलरहरू लगाएत बिभिन्न राज्यहरुमा रहेका एन आर एन ए अभिन्यान्ताहरु कार्यक्रममा सहभागि थिए ।

Photo Credit : Catch Smile 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP