मंगलबार , बैसाख २९, २०८३

बुटवल । कपिलवस्तुको तिलौरी बस्ने १३ वर्षीय राहुल साहनी हराएको एक महिनापछि फेला परेका छन्।
राहुलले तीन वर्ष अघिदेखि तिलौराकोटमा जाने पर्यटकहरूलाई गाइडको रूपमा गौतमबुद्ध र तिलौराकोटको बारेमा जानकारी गराउँदै आएका थिए।
नेपालीसँगै अंग्रेजी र हिन्दी भाषा समेत बोल्न सक्ने राहुल गत कात्तिक १६ गतेदेखि एकाएक बेपत्ता भएका थिए।
कात्तिक १६ गते बिहान ९ बजे साइकल र झोला लिएर घरबाट विद्यालय हिँडेका साहनी साँझ घर नफर्किएपछि परिवारले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा खोजी गर्न भन्दै निवेदन दिएका थिए।
सोही क्रममा बुधबार कपिलवस्तुकै यशोधरा गाउँपालिका वडा नं. ७ मर्यादपुर नाका हुँदै भारतबाट नेपाल आउँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई परिवारको जिम्मा लगाएको हो।
उनले आफू गोरखपुरमा रहेको सानिमाको घरमा गएको प्रहरी बयानमा दिएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले राहुललाई उनका बुवा रिङकु मल्लाहलाई सकुशल जिम्मा लगाएको प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।
कपिलवस्तुको सिद्धार्थ विद्या मन्दिरमा कक्षा ६ मा पढ्ने राहुलले प्राचीन तिलौराकोटको अवलोकन गर्न पुग्ने अधिकांश आन्तरिक एवं बाह्य पर्यटकलाई ‘गाइड’को रूपमा सघाउँदै आएका थिए।
राहुलको घर पनि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभन्दा अघि २९ वर्ष बिताएको तिलौराकोट दरबार नजिकै रहेको छ।
तर उनले गौतमबुद्ध र तिलौराकोटबारे लेखिएका पुस्तक पढेर लिएको ज्ञानको आधारमा पर्यटकहरूलाई जानकारी गराउँदै आएका थिए।
उनले विद्यालय छुट्टी भएपछि तिलौराकोट पुगी त्यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई तिलौराकोटको बारेमा हेरेरमात्रै नभई बुझेर जानकारी लिन आग्रह गर्दै गाइड गर्दै आएका थिए।
राहुललाई तिलौराकोटको पुरातात्विक वस्तुहरूको सबै ज्ञान छ।
तिलौराकोट उत्खननको सुरूआतदेखि पाँचौं शताब्दीमा चिनियाँ यात्री फाहियान र सातौं शताब्दीमा ह्विन सानले तिलौराकोटको विषयमा लेखेका कुरा पनि उनले बताउन सक्छन्।
दरबारभित्र रहेको बुद्धले नुहाउने कोठा, आराम गर्ने कक्ष तथा स्तूपको नजिकै भेटिएको पर्खाल, पोखरीको किनारका साथै विहारको जगमा चाँदीका पञ्चमार्क मुद्रा भेटिएको पनि उनले पर्यटकलाई जानकारी गराउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP