सोमबार , अषोज २६, २०८३

लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनोको गोलमा ब्राजिलले फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई १-० ले पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले बल पोसेसनमा पकड जमाएपनि अनुशासित भेनेजुएलाको डिफेन्स तोड्न निकै संघर्ष गर्नुपर्यो । पहिलो अंक जोड्ने लक्ष्यसहित उत्रिएको भेनेजुएलाले पहिलो हाफमा गोल गर्ने निकै कम अवसर दिएको थियो । दोस्रो हाफमा भने फिर्मिनोलो गोल गर्दै ब्राजिललाई अघि बढाए ।

खेलको ६७ औं मिनेटमा फिर्मिनोले भेनेजुएलाको डिफेन्सको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । एभर्टन रिबिएरोको क्रसलाई ओसोरियोले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सभित्र अनमार्क रहेका फिर्मिनोले सहजै गोलको दिशा दिएका थिए ।

त्यसअघि ब्राजिलले खेलको आठौं मिनेटमा नै अग्रता लिएपनि भीएआरले मान्यता दिएन । रिचार्रलीसनले गोल गएपनि भीएआरले मुभ बुन्ने क्रममा अफसाइड रहेको निर्णय दिएको थियो । पहिलो हाफको अन्त्यतिर ब्राजिलले अग्रता लिने अवसर पाएपनि डग्लस लुइजले अन्तिम प्रहार गर्नुअघि फल पाएपछि भेनेजुएलाले फ्रिकिक क्लियर गर्न सफल रहयो ।

यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटमा लगातार तीन जित दर्ता गर्ने एक्लो टोली बनेको छ । तेस्रो चरणको खेल सकिँदा शीर्षस्थानमा रहेको ब्राजिलको ३ खेलमा ९ अंक छ । अर्जेन्टिना ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष ४ टोली स्वत: विश्वकप पुग्दा पाँचौ टोलीले प्लेअफ खेल्नेछ ।

इक्वेडर र उरुग्वे समान ६-६ अंकसहित शीर्ष चारमा अटाएका छन् । पाराग्वे पाँच अंकसहित पाँचौ स्थानमा छ । चिली र कोलोम्बियाको ४-४ अंक छ भने पेरुको १ अंक छ । भेनेजुएला र बोलिभियाले अंकको खाता खोल्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP