शुक्रबार , बैसाख ५, २०८२

लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनोको गोलमा ब्राजिलले फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई १-० ले पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले बल पोसेसनमा पकड जमाएपनि अनुशासित भेनेजुएलाको डिफेन्स तोड्न निकै संघर्ष गर्नुपर्यो । पहिलो अंक जोड्ने लक्ष्यसहित उत्रिएको भेनेजुएलाले पहिलो हाफमा गोल गर्ने निकै कम अवसर दिएको थियो । दोस्रो हाफमा भने फिर्मिनोलो गोल गर्दै ब्राजिललाई अघि बढाए ।

खेलको ६७ औं मिनेटमा फिर्मिनोले भेनेजुएलाको डिफेन्सको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । एभर्टन रिबिएरोको क्रसलाई ओसोरियोले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सभित्र अनमार्क रहेका फिर्मिनोले सहजै गोलको दिशा दिएका थिए ।

त्यसअघि ब्राजिलले खेलको आठौं मिनेटमा नै अग्रता लिएपनि भीएआरले मान्यता दिएन । रिचार्रलीसनले गोल गएपनि भीएआरले मुभ बुन्ने क्रममा अफसाइड रहेको निर्णय दिएको थियो । पहिलो हाफको अन्त्यतिर ब्राजिलले अग्रता लिने अवसर पाएपनि डग्लस लुइजले अन्तिम प्रहार गर्नुअघि फल पाएपछि भेनेजुएलाले फ्रिकिक क्लियर गर्न सफल रहयो ।

यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटमा लगातार तीन जित दर्ता गर्ने एक्लो टोली बनेको छ । तेस्रो चरणको खेल सकिँदा शीर्षस्थानमा रहेको ब्राजिलको ३ खेलमा ९ अंक छ । अर्जेन्टिना ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष ४ टोली स्वत: विश्वकप पुग्दा पाँचौ टोलीले प्लेअफ खेल्नेछ ।

इक्वेडर र उरुग्वे समान ६-६ अंकसहित शीर्ष चारमा अटाएका छन् । पाराग्वे पाँच अंकसहित पाँचौ स्थानमा छ । चिली र कोलोम्बियाको ४-४ अंक छ भने पेरुको १ अंक छ । भेनेजुएला र बोलिभियाले अंकको खाता खोल्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP