मंगलबार , असार २३, २०८३

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोनालाई मध्यनजर गर्दै रोकिएका अन्तर्राष्ट्रिय उडानको संख्या बढाउने निर्णय गर्दै मन्त्रिपरिषदलाई प्रस्ताव गरेको हो ।

 

अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि कोरोना संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय बैठकले गरेको छ ।

बैठकले कोरोना जोखिम उच्च देखिएका स्थानको पहिचान गरि निश्चित क्षेत्रमा आवश्यकता अनुसार सिल गरि परिक्षणको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । बैठकमा उपत्यकामा कोरोना संक्रमणको अवस्थाका बारेमा पनि छलफल भएको थियो ।

बैठकले उपत्यकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ भने मेयर फोरमको सुझाव दिएअनुसार उपत्यकामा लकडाउन वा सील गर्ने कुनै सम्भावना भने नभएको सीसीएमसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP