मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।
हरेक चाडपर्वको आ–आफ्नै विशेषताहरु हुन्छन् । केहि समय अघि मात्र विदा गरेको दशैँलाई मान्यजनहरुको हातबाट टिका लगाउने, आशिष थाप्ने, विशेष गरि ठूला र सानाबिचको भौतिक, आत्मिय दुरीलाई हटाउने पर्वको रुपमा लिईन्छ भने दोस्रो ठूलो चाड तिहारलाई दिदीभाइ तथा दाजुबहिनी बिच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा चिनिने गरिन्छ ।

भाइटीकाका बेला दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ । त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकाका बेला भने दिदीबहिनी दाजुभाईहरु जमघट हुने कोसिस गर्दछन् । तर एकातिर तिहारमा टीका लगाईदिन ज जसको दाजुभाइ दिदीबहिनी छन् उनीहरुको लागि यहि तिहार खुशीको पर्व बन्ने गर्दछ भने अर्कोतिर जसको दाजुभाई दिदीबहिनी छैनन् उनीहरुको लागि भने यहि तिहार दुखी हुनुको कारण बनिदिन्छ । यहि दुख भुलाउन मानिसहरु भाइटीकाको दिन रानीपोखरी जाने गर्दछन् भने कतिपय मानिसहरु आफ्ना नजिकको दाजुभाई दिदीबहिनीको हातबाट टीका लगाउने गर्दछन् । कतिपय आफ्नो मन मिल्ने अरु नै मानिसलाई दाजुभाई दिदीबहिनीको रुपमा मानेर टीका लगाउने गर्दछन् । नेपाली कला क्षेत्रमा पनि त्यस्ता धेरै कलाकारहरु छन् जो भाइटीकामा टिका लगाईदिने दाजुभाइ दिदीबहिनीबिहिन छन् । आज हामी तिनै कलाकारहरुको भिडियो रिपोर्ट प्रस्तुत गर्दैछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 205 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP