मंगलबार , बैसाख २९, २०८३

पछिल्लो दुई साता कोरोना भाइरस (कोभिड–१९) का खोपको प्रभावकारिताबारे सुखद खबरहरु आए । अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोप ९५ प्रतिशत, अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप ‘एमआरएनए–१२७३’ ९४.५ प्रतिशत र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप पनि ७० प्रतिशत प्रभावकारी भएको सम्बन्धित कम्पनीहरुको दाबी छ । रुसी खोप स्पुतनिक–भी पनि ९२ प्रतिशत प्रभावकारी देखिएको दाबी छ ।

यही बेला सरकारले खोप ल्याउन कानुनी बाटो खुला गर्दै ‘औषधि अध्यादेश २०७७’ ल्याएको छ । खोप ल्याउने खोप विज्ञ तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीको नेतृत्वमा प्राविधिक तयारी समिति पनि बनाएको छ ।

नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन के पहल भइरहेको छ ? प्राविधिक समितिका संयोजक डा. उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंशः

कोरोना भ्याक्सिनका लागि नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा समयमै आवेदन दिएन भन्ने चर्चा छ, त्यस्तो त्रुटि भएको हो ?

कोभ्याक्स भनेको विश्वव्यापी कोलाब्रेसन हो, यसमा डब्लुएचओ, गाभी र सेपी जस्ता संस्थाहरु छन् । भ्याक्सिन बनिसक्दा धनी देशले पाउने र गरिबले नपाउने अवस्था नआओस् भनेर यो कार्यक्रम ल्याएको हो ।

यही कार्यक्रममा समावेश हुनका लागि हामीले डब्लुएचओमा आवेदन दिएका छौं । भ्याक्सिन बनेर नियामक निकायमा दर्ता भइसकेपछि कोभ्याक्स कार्यक्रम अन्तर्गत नै हामीले भ्याक्सिन पाउछौं ।

कति भ्याक्सिन चाहिन्छ भनेर अगष्टमा नै भन्नुपर्ने थियो, भनिएन भन्ने छ नि ?

हामीलाई कति भाइल खोप चाहिन्छ भनेर राष्ट्रिय योजना बनाउने र गाभीसँग माग गर्ने होइन । उसले देशको कुल जनसंख्याको २० प्रतिशतलाई दिने भनिसकेको छ । त्यसका लागि आवेदन दिइसकेका छौं । यसबाहेक हामीले माग्दैमा उसले दिँदैन ।

केही देशले भ्याक्सिन बन्नासाथ पाउनका लागि उत्पादक कम्पनीसँग सम्झौता गरिसकेका छन्, हामीँ चाहि कोभ्याक्सको मात्र भर परेर बस्दा त धेरै जनसङ्ख्याले खोप नपाउने हुन् कि ?

हामी कोभ्याक्सको मात्र भर परेका छैनौं । अहिले जुन जुन देशमा भ्याक्सिन बनिरहेको छ, ती देशहरुसँग कूटनीतिक रुपमा समन्वय भइरहेको छ । विशेषगरि सरकारको प्राथमिकतामा भारत, चीन र रसिया छ । त्यहा भ्याक्सिन ट्रायल सफल भएर नियामक निकायमा दर्ता हुनासाथ नेपालमा ल्याउन पहल भइरहेको छ ।

तपाईले भनेको जस्तो केही देशले भ्याक्सिन निर्माता कम्पनीलाई सुरुमै लगानी बुझाएका छन् । तर हामी भ्याक्सिन विकासका लागि लगानी गर्न सक्ने अवस्थामा पनि छैनौं । कुनै पनि भ्याक्सिन विकास हुनासाथ परीक्षणहरुमा सफल हुन्छ भन्ने छैन । सफल भएन भने ठूलो लगानी गुम्छ । त्यसैले बन्दै नबनेको भ्याक्सिनलाई नेपालजस्तो देशले लगानी गर्नु व्यवहारिक देखिँदैन ।

त्यसो भए नेपालमा भ्याक्सिन कसरी आउँछ ? सरकार मात्र ल्याउँछ कि निजी क्षेत्रलाई पनि खुला गर्ने सोच छ ?

अहिलेसम्म कुल जनसंख्याको ७२ प्रतिशतलाई नेपाल सरकारले नै भ्याक्सिन दिने योजना छ । यसका लागि ४८ अर्ब नेपाली रुपैयाँ लगात अनुमान गरिएको छ । एक भाइल खोपलाई औसतमा १० डलरको मुल्य राखेर यो लागत अनुमान निकालेका हौं ।

यसमा मुख्यगरि नेपाल सरकारकै स्रोत प्रयोग हुन्छ । यसबाहेक राष्ट्रसंघीय निकाय र वैदेशिक संस्थाहरुसँग सहयता पनि लिन्छौं ।

जहाँसम्म निजी क्षेत्रको प्रश्न छ, डब्लुएचओले सिफारिस गरेका भ्याक्सिन नेपालको औषधि व्यवस्था विभागमा दर्ता भइसकेपछि निजी क्षेत्रले पनि ल्याउन सक्छ । तर भ्याक्सिनको उपलब्धता निजीलाई त्यति सजिलै हुन्न ।

नेपालका एउटा निजी कम्पनीले भ्याक्सिन ल्याउन सम्झौता गरेको खबर पनि आएको थियो । त्यो सहमति के हुन्छ ?

२ देखि ८ डिग्रीमा भण्डारण गर्न मिल्ने भ्याक्सिनका लागि मात्र हामीसँग पूर्वाधार छ । माइनस २० डिग्रीसम्म भण्डारण गर्न मिल्ने भ्याक्सिन आयो भने हामी केही गर्न सक्छौं । तर माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भ्याक्सिन आयो भने तपाईले भनेको जस्तै हामीसँग कुनै पूर्वाधार नै छैन ।
त्यस्तो सहमतिले केही अर्थ राख्दैन । किनकी भ्याक्सिन उत्पादक देशको नियामक निकायले प्रयोगको अनुमति दिएर मात्र नेपालमा ल्याउन मिल्दैन । नेपालको औषधि व्यवस्था विभागले दर्ता गर्नुपर्छ । विभागमा दर्ता भएपछि त सरकारले नै ल्याउँछ । त्यसैले अहिले नै कुनै निजी कम्पनीले कुनै भ्याक्सिन निर्मातासँग सम्झौता गरेर त्यसले केही फरक पार्ने छैन ।

त्यसो भए नेपालमा कहिलेसम्म कोरोना भ्याक्सिन आउँछ होला ?

यो हाम्रो हातमा छैन । तर यति भन्न सक्छु, कोरोनाको भ्याक्सिनले स्वीकृति पाउनासाथ नेपालमा आउँछ । अहिले तेस्रो चरणको ट्रायल भएकामध्ये जुन सफल हुन्छ, त्यही आउँछ ।

सफल भएका भ्याक्सिनलाई डब्ल्यूएचआले सिफारिस गर्छ र सिफारिस भए मध्येकै भ्याक्सिन हामीले पाउछौं ।

त्यसरी आएको भ्याक्सिन वितरणका लागि कसरी प्राथमिकता निर्धारण हुन्छ ?

कोभ्याक्समार्फत आउने २० प्रतिशत भ्याक्सिन हो, तर सुरुमा ३ प्रतिशतलाई पुग्ने आउँछ । यसरी आएको भ्याक्सिन धनीले पाउने र गरीबले नपाउने, पहुँच भएकाले पाउने र नभएकाले नपाउने भन्ने हुँदैन ।

सुरुको चरणमा हाम्रो प्राथमिकतामा स्वास्थ्यकर्मी पर्छन्, किनकी उनीहरु दुरी कायम गरेर काम गर्न सक्दैनन् । त्यसैगरि यातायात, बैंक र ५५ वर्ष माथिका मानिसहरुमा जान्छौं । त्यसपछि ४४ वर्षदेखि ५५ वर्ष उमेरका दीर्घरोगी हाम्रो प्राथमिकतामा छन् । त्यसपछि बाँकी उमेर समूहले पाउँछन् ।

तर फाइजरको भ्याक्सिनले स्वीकृति पाएमा नेपालमा भण्डारण गर्न नसक्ने भनिएको छ, खोप भण्डारणमा हाम्रो समस्या के हो ?

२ देखि ८ डिग्रीमा भण्डारण गर्न मिल्ने भ्याक्सिनका लागि मात्र हामीसँग पूर्वाधार छ । माइनस २० डिग्रीसम्म भण्डारण गर्न मिल्ने भ्याक्सिन आयो भने हामी केही गर्न सक्छौं । तर माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भ्याक्सिन आयो भने तपाईले भनेको जस्तै हामीसँग कुनै पूर्वाधार नै छैन । यस्तो पूर्वाधार भारतसँग पनि छैन भन्ने छ ।

भ्याक्सिनको सुरक्षा अनुगमनका लागि चाहिँ हाम्रो तयारी कस्तो छ ?

भ्याक्सिन दिइसकेपछि जनताको सुरक्षा र त्यसको अनुगमन सबैभन्दा महत्वपूर्ण पक्ष हो । खोप पश्चात हुने अवाञ्छनीय घटनाबारे अनुसन्धान गर्न सरकारभन्दा बाहिर एउटा स्वतन्त्र कमिटी छ ।

त्यस्तै नेपालको स्वास्थ्य प्रणाली भित्रकै खोप दिएपछि कुनै अवाञ्छनीय घटना भयो भने अनुसन्धान गरेर रिपोर्टिङ गर्ने कमिटी पनि छ । खोप दिएर कुनै समस्या आएमा वा खोपकै कारणले क्षति भएको भन्ने निष्कर्ष निस्किएमा त्यसको क्षतिपूर्ति सरकारले नै बेहोर्ने भन्ने खोप ऐनमा प्रष्ट छ । त्यसैले अनुगमन र अनुसन्धानमा कुनै समस्या हुन्न ।

अन्तिममा, पछिल्लो समयमा खोप विकासमा भएका प्रगति र नेपालको तयारी हेर्दा खोप कहिलेसम्म आउन सक्ला ?

अहिले अनुमान गर्ने मात्रै हो, किनकि हामीसँग प्रारम्भिक डाटा मात्र छ । सन् २०२१ को पहिलो चौमासिकसम्म कति खोप र कसरी आउँछ भन्ने थाहा भइसक्छ । किनभने ११ वटा भ्याक्सिनको अन्ति डाटा आउँदैछ ।

त्यो डाटा डब्लुएचओले विश्लेषण गर्दा प्रयोग गर्न योग्य भयो भने कोभ्याक्स अन्तर्गत नेपालमा पनि आउँछ । सन् २०२१ सम्ममा १७२ वटा देशले २ बिलियन भ्याक्सिन प्रयोग गर्छन्, त्यसमा नेपाल पनि पर्छ । अहिले हामीले भन्नसक्ने भनेको यत्ति हो ।
@अनलाइन खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP